Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनकाे विषयमा जुटेन सहमति

चालू केन्द्रीय कार्यसमितिको बैठक पनि भोलिसम्मका लागि स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यले बसेको पार्टी पदाधिकारी बैठक कुनै ठोस निष्कर्षविना सकिएको छ । आगामी आम निर्वाचनअघि गर्ने कि त्यसपछि भन्ने मुख्य विवाद समाधान हुन नसकेपछि शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठक बिना सहमति टुङ्गिएको हो ।

बैठकमा पार्टीका शीर्ष नेताहरुबीच लामो छलफल भए पनि महाधिवेशनको समय र प्रकृतिबारे अन्तिम सहमति जुट्न सकेन । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा सबै पक्षबीच समान धारणा बनाउन प्रयास भएको भए पनि केही विषयमा अझै मतभेद कायम छ ।

‘१५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा हामी नजिक पुगेका छौँ,’ प्रवक्ता महतले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘आम निर्वाचनअघि गर्न उपयुक्त हुन्छ कि पछि भन्ने विषयमा मतान्तर छ, तर धेरै हिसाबले हामी सहमतितर्फ अग्रसर छौँ । अन्ततः केन्द्रीय समितिले सहमतिबाटै निष्कर्ष निकाल्नेछ भन्ने विश्वास हामी सबैमा छ ।’

उनका अनुसार कांग्रेस नेतृत्वले पार्टीभित्रको आन्तरिक एकता मजबुत पार्दै सहमतिमार्फत् अघि बढ्ने तयारी गरेको छ । तर विवाद समाधान नभएसम्म महाधिवेशनको मिति र कार्यतालिका टुंगो लगाउन सकिने अवस्था छैन ।

हाल संस्थापन पक्षले आगामी आम निर्वाचनपछि—संभाव्यतया वैशाख महिनातिर—महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले भने निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने जोड दिइरहेको छ ।

यही मतभेदका कारण चालू केन्द्रीय कार्यसमितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ । पार्टीका नेताहरूले भने भोलिको बैठकले विवाद समाधानका लागि निर्णायक भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending