Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

‘अपूर्ण र अपवित्र एकता रोकौँ’ भन्दै माओवादी नेता सुदन किराँतीको पाँच बुँदे प्रस्ताव

पार्टी रूपान्तरण बिना कुनै पनि एकताको अर्थ नहुने टिप्पणी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराँतीले नेकपा (एस) सहित साना दलहरूसँगको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै त्यसलाई तत्काल रोक्न माग गरेका छन्।

किराँतीले सामाजिक सञ्जालमार्फत पाँच बुँदे प्रस्ताव सार्वजनिक गर्दै भनेका छन्— “उपरोक्त विषयमा लिखित प्रतिबद्धता भएपछि मात्र यात्रासँगै गर्न सकिन्छ।”

उनका अनुसार अहिले भइरहेको एकता प्रक्रिया पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत छ। भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन भइरहेका बेला भइरहेको एकता प्रयास ‘अपूर्ण र अपवित्र’ भएको उनले उल्लेख गरेका छन्।

किराँतीले माओवादी पार्टीभित्र रूपान्तरणका लागि पाँच बुँदे विकल्पसमेत प्रस्ताव गरेका छन् —

१. विधान संशोधन गरेर नयाँ संरचना निर्माण गर्नुपर्ने, आवश्यक परे संरक्षकले पार्टी विघटन गरी अधिवेशन घोषणा गर्न सक्ने व्यवस्था गर्नुपर्ने।
२. अपूर्ण र अपवित्र (भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहेका बेला) एकता प्रक्रिया तत्काल रोक्नुपर्ने।
३. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीको संरचना “निर्देशक कमिटी” मा बदल्नुपर्ने।
४. स्थायी समितिदेखि अग्रज नेतासम्मको केन्द्रीय राजनीतिक समिति बनाइ, राष्ट्रिय महत्वका निर्णय र सांसद छनोट गर्ने अधिकार सो समितिलाई विधानमै व्यवस्था गर्नुपर्ने।
५. तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिई, पुरानो पुस्ताको अनुभव र नयाँ (जेन–जी) पुस्ताको ऊर्जा जोड्ने “पुलको भूमिका” दिलाउनुपर्ने।

किराँतीका अनुसार यी बुँदाहरू माओवादी पार्टीको रूपान्तरणका विकल्प हुन्। उनले लेखेका छन्, *“पार्टी रूपान्तरण बिना कुनै पनि एकता यात्राको अर्थ छैन।”*

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending