Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

मनास्लु पदमार्ग पुन: पदयात्रीको लागि खुला

खबरडबली संवाददाता

सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्ग पुन: पदयात्रीको लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सूचना जारी गर्दे अनुकूल मौसम सुरु भएसँगै मनास्लु क्षेत्रका सबै पदमार्गमा आवतजावतमा अनुमति दिएको हो ।

विगत केही सातादेखि जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा लगातर परेको पानी र हिमपातले विपद् जोखिम बढ्ने भएकाले मनास्लु पदमार्गअन्तर्गत पदयात्रीहरुलाई पदयात्रा नगर्न सार्वजानिक सूचना जारी गरी पदमार्ग बन्द गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय निकाय, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गर्दै अहिले गोरखामा मौसम स्थिर हुँदै गएको र हिउँ तथा विपदका जोखिम घटेकाले पदयात्रा पुन: सञ्चालन गरिएको सूचनामा भनिएको छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने, ‘‘मनास्लु क्षेत्रमा हाल यात्रा गर्न उपयुक्त समय सुरु भएको छ । पदयात्रीले आवश्याक अनुमति पत्र लिएर मात्रा यात्रा गनुपर्छ ।’’ पदयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गाइड टोली तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

जल तथा मौसम विभागको प्रकाशित मौसमको पूर्वानुमान अनुसार मौसममा क्रमिक सुधार हुँदै गएकाले पदयात्रामा हिँड्नु हुने पदयात्रीलाई पथपर्दशको सहयोगमा पदमार्गको सूचना लिई सुरक्षित आवतजावत गर्न प्रशासनले सूचना निकालेर आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार पदमार्ग भत्केको अवस्थामा यात्रा नगर्ने, पदयात्रा गर्दा पर्याप्त सावधानी अपनाउने र मौसम प्रतिकूल हुनासाथ आवतजावत रोकी सुरक्षित स्थानमा बास बस्न सूचनामा भनिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending