Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मध्यरातमा माओवादी प्रदेश सांसद गौतमले लेखे जनार्दन शर्मालाई खुला पत्र

प्रचण्डमा तानाशाही प्रवृत्ति छ भन्ने आरोपमा कुनै सत्यता छैन

खबरडबली संवाददाता

काठमाडौं।  माओवादी केन्द्रका केशी प्रदेश सांसद बाबुराम गौतमले शनिबार मध्यरात तिर पार्टीका वरिष्ठ नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई लक्षित गर्दै भावनात्मक तर तीक्ष्ण स्वरमा खुला पत्र लेखेका छन् । पत्रमा उनले शर्माको विगत र योगदानप्रति गहिरो सम्मान व्यक्त गर्दै पनि अहिलेको कदमप्रति असहमति जनाएका छन् ।

गौतमले पत्रको सुरुवातमै लेखेका छन्  “आदरणीय दाजु कमरेड, क्रान्तिकारी लाल सलाम! तपाईंलाई सुरुमै एउटा क्रान्तिकारी आदर्श व्यक्तित्वको रूपमा स्वीकार र सम्मान गर्न चाहन्छु। तपाईंको विगत सम्मान गर्न लायक छ, त्यसमा दुईमत हुन सक्दैन।”

तर त्यस सम्मानकै बीच उनले प्रश्न गरेका छन्  “तपाईंले किन देख्न छाड्नुभयो कमरेड? बिगतमा मोहन वैद्य, बाबुराम भट्टराई लगायतले पनि पार्टीलाई धारेहात लगाएका थिए। तिनका एजेण्डा आज कहाँ छन्? कार्यकर्ताको भविष्य कहाँ गयो?”

गौतमले जनार्दन शर्मा अहिले नयाँ पार्टी गठनको तयारीमा रहेको चर्चा प्रति प्रत्यक्ष संकेत गर्दै लेखेका छन्  “अब तपाईं फेरि एउटा नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ कमरेड? तपाईंलाई लाग्छ यो अभियान सफल हुन्छ? म दावाका साथ भन्न सक्छु, तपाईंलाई हौस्याउनेहरू अन्तिममा तपाईंलाई छाडेर जान्छन्।”

पत्रमा उनले विगतमा पार्टी फुटाउँदा बर्बाद भएका हजारौं इमानदार कार्यकर्ताको कथा उठाएका छन्। उनी लेख्छन्  “बिगतमा अरू कमरेडहरूले गरेका गल्तीबाट सिक्नुस्। कम्युनिष्ट पार्टीको ब्रिहत्तर एकतामा जोड दिनुस्। कमसेकम नेपाली क्रान्तिका पिता कमरेड प्रचण्डसँग सहकार्यको अपेक्षा राख्नुस्।”

गौतमले जनार्दनलाई पार्टीभित्रको असहमति पार्टीकै भित्रै समाधान गर्न सुझाव दिएका छन्। उनका शब्दमा  “कमरेड प्रचण्डको उदार स्वभावका कारण हामीले कतिपय बेला कठिनाइ भोग्यौं। तर उहाँमा तानाशाही प्रवृत्ति छ भन्ने आरोपमा कुनै सत्यता छैन। तपाईंमा धैर्यता आवश्यक छ कमरेड। आउनुस्, पार्टी र कार्यकर्तामाथि विश्वास गरौं।”

पत्रको अन्त्यमा उनले भावनात्मक अपिल गर्दै लेखेका छन्  “यो पार्टी तपाईंको पनि हो, मेरो पनि हो, लाखौं अगुवा कार्यकर्ताहरूको हो, करोडौं जनताको हो, हजारौं शहीदहरूको हो। अब अवस्था पहिला जस्तो छैन, समाजवादी क्रान्तिको महान यात्रामा पुनः एकता आवश्यक छ। पुस्तान्तरण र हस्तान्तरणको उपयुक्त विधि विकास गरौं, महान समाजवादी क्रान्तिको पक्षमा जुटौं।”

गौतमको यो पत्र माओवादी वृत्तमा निकै चर्चा बन्दै गएको छ।  जनार्दन शर्माले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर माओवादीभित्र पछिल्ला दिनहरूमा बढ्दो असन्तुष्टि र नेतृत्वप्रति असहमतिहरूबीच सांसद गौतमको यो खुला पत्रले नयाँ बहस सुरु गरेको राजनीतिक विश्लेषकहरूको मत छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...

निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...

मूलपानीबाट गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...

कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउन थालियो, दर्शनार्थी कागबेनीमै रोकिए

काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending