Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

रामेछापकाे गर्भमा रहस्यको मकर

देवशंकर पाैडेल
देवशंकर पाैडेल

वि.सं. २०७० पौष २६ गते एक्लै लखनपुर पुगेको थिएँ । जाँदाजाँदै डोब्लास्थित सन्तलाल तामाङ निवासमा पुगेँ । म पहिले जाँदा डोब्ला आसपास तामाखानी खनिएका सुरुङ देखेको थिएँ । गहिरिएर हेर्ने अवसर पाएको थिइनँ । डोब्ला शब्दले तामाङ भाषामा “पाहारिलो घामलाग्ने ठाऊँ” भन्ने बुझिँदो रहेछ । बेलुका कुरा गरेँ । सन्तलालका छोरा निमादोर्जे तामाङजीले यहिँ नजिकै छ भनेर मलाई एउटा डाँडामा पुर्याएर केहि अवशेषहरू देखाउनु भयो । नियालेर हेरेँ, केहि तस्विर समेत खिचेँर डोब्ला फर्कियौँ ।

घर आएर सन्तलाल बालाई खानीका बारेमा थप जिज्ञाशा राखेँ । उहाँले निमाजी तिर फर्किएर भन्नु भयो- “गन्धक खानीमा पुर्याइनस् ?” निमाजीले भन्नु भयो- “कहाँ छ गन्धक खानी ?” ब्रह्मा-विष्णु खोला पारीको भिर बताइदिनु भयो । निमाजी र म फेरी उत्साहका साथ गन्धक खानी हेर्न उहिबाटो फर्कियौँ । त्यहाँ त विशाल खानी पो रहेछ । एउटै भिरमा तीनवटा ठूलाठूला सुरुङ देखिए । हाम्रा पुर्खाले त्यस ठाउँबाट गन्धक (सल्फर) निकालेका रहेछन् । सायद गन्धक बारुद बनाउन प्रयोग हुँदो हो । अनि लुताको औषधि पनि । निमाजी र म भित्र भित्रसम्म गएर खानी क्षेत्रको अध्ययन गर्यौँ । सुरुङ भित्र पस्नासाथ गन्धकको नमीठो गन्ध आयो । गन्ध खपेरै भित्र पस्यौँ । खानीको पुरा अनुभव बटुलेर डोब्ला फर्कियौँ । सुन्न त भुजी (उमाकुण्ड) को पिगुना भन्ने स्थानमा गन्धक खानी छ भन्ने सुनेको थिएँ । त्योभन्दा विशाल खानी लखनपुर (दोरम्बाशैलुङ) मा रहेछ भन्नेकुरा खानी क्षेत्रमा पुगेर जानकारी लिएँ । 

निमाजीले लखनपुरमा थप रहस्यमय दैवी विशेषता भएको जानकारी दिनु भयो । डोब्ला नजिकै एउटा सिमसार खोल्सालाई लेते खोला भनिँदो रहेछ । त्यो खोल्सामा हरेक वर्ष पौष मसान्तदेखि माघे सङ्क्रान्तिका दिनसम्म (चाैबीस घण्टा भित्र) पानी उम्रने ठाउँमा एक्कासी दहीजस्तो सेतो लेदो पदार्थ उम्रिन्छ । यो पुर्खादेखि सुन्दै र देख्दै आएको कुरा हो । मानिसहरू मकर फूलेको भनेर त्यहि दहिजस्तो लेदोमा स्नान गर्छन् । लेदो बगेर लेदेखोला लेदेखोला भन्दाभन्दै लेतेखोला हुन पुगेकाे हाे । पहिले पहिले लेते खोलामा जात्रा पनि लाग्थ्यो । अचेल जात्रा लाग्न छाडे पनि स्नान गर्ने भक्तहरूको घुइँचो लाग्छ । सन्तलालजस्ताे सन्तका उपस्थितिमा निमाजीले भन्नू भएर मात्र अन्यथा मलाई पत्याउनै मुस्किल पर्याे । 

म त्यसदिन पौष २७ गतेमा थिएँ । त्यो अवसर हेर्न मलाई कम्तिमा तीन दिन पर्खनु पर्ने हुन्थ्यो । निमाजी “बसेर हेरेर जानुस्‌” भन्दै हुनुहुन्थ्यो । पछि आउने बाचा गरेर त्यसबेला बस्न सकिनँ । त्यताबाट थरभञ्ज्याङ, गुन्साल भएर पुञ्चेत नेत्रबहादुर थापा मगरजीका घरमा पुगेर बास बसेँ । भोलिपल्ट काभ्राचउर, सिँगार्चे, टोकरपुरहुँदै घट्टेखोला रत्नप्रसाद कँडेलको अतिथि बनेँ । 

निमादोर्जेजीसँग भएको त्यस दिनको बाचा सम्झिइरहेको थिएँ । यस बारेमा मेरा साथी नवराज गौतमजी (लखनपुर) सँग काठमाडौँमा बसेर सल्लाह गरेँ । त्यसको चार वर्षपछि २०७४ साल पौष २९ गते लखनपुर जाने सल्लाह मिल्यो । नवराज गौतम, श्रीहरि श्रेष्ठ (गोठगाउँ) का साथ हामी लखनपुर पुग्यौँ । हाम्रो सल्लाह थियो, पौष मसान्तदेखि माघेसङ्क्रान्तिसम्म त्यहि खोलामा ढुकेर बस्ने । जाँदाजाँदै बाटामा नवराजजीले विभिन्न ठाउँको व्याख्या गरेर जाउँजाउँ पार्ने ठाउँहरू बताउनु भयो । उहाँले भन्नु भयो- “यहाँ आइहालियो पहिले ब्रह्मा-विष्णु खोलामा गएर छायाँश्वरीको दर्शन गरौँ ।” हामी हेर्नै हिँडेका थियौँ, नजाने कुरै भएन । हामी त्यतै गयौँ । गहिरो च्यापमा एउटा अद्भूत आकृति रहेछ । त्यस आकृतिलाई छायाँश्वरी भनिँदो रहेछ । यो मानव निर्मित होइन, स्वयभू मूर्ति रहेछ । त्यसका आसपासमा केही सर्पजस्ता आकृति पनि देखिन्थे ।

त्यहाँसम्म पुग्न मानव बस्तिबाट २ हजार ७४ वटा सिँडीबाट विकट भिरको ओरालो झर्नु पर्ने रहेछ । पुग्ने बेलामा केहि सिँडी पुरा भएका रहेनछन् । काम हुँदै थियाे । पहरो चिप्लो थियो । हामीलाई झर्न अप्ठ्यारो भयो । एउटा फलामे लठ्ठा हालिएको रहेछ । त्यहि लठ्ठा समाएर कष्टसाथ खाेलामा झरेका थियौँ । एक घण्टाजति छायाँश्वरीमा यताउति हेरेर वितायाैँ अनि उहिबाटाे फर्कियौँ । त्यतिलामो ठाडै ओराले उकालो गर्दा हामी थकित भयौँ । छायाँश्वरीमा पुगेर बाटैमा समय गुजार्यौँ । त्यो २०७४ पौष ३० गतेको दिन थियो । त्यो दर्शनीय स्थलको दायाँतिर पाङ्चेत र बायाँतिर लखनपुर गाउँ थियो । 

त्यसपछि गुराँसे पुग्यौँ । गुराँसेको अज्ञान इतिहासका बारेमा ज्ञान लिन खोज्यौँ । नेपालमा मानव सभ्यताका अनेकौँ पक्षहरू लुकेर बसेका छन् । त्यहाँ पूजित देवीका बारेमा गहिरो अध्ययन भएकै छैन । त्यो कुनै राज्यको राजधानी भएको भग्नावशेष बताए । त्यताबाट बेलुकीपख लेतेखोला झर्यौँ । हामी पुग्नुभन्दा केहि समय अगाडि मकर फुटीसकेछ । खोलैभरी सेताम्य भएर बगिरहेको थियो । निमादोर्जे तामाङजी र उहाँसँग आउनु भएका रेशम तामाङजी (डोब्ला) ले निधारमा टीका लगाउनु भयो । हामीले पनि लगायौँ । निधारमा टीका सुकेपछि चम्किलो सेतो देखियो ।

आफ्नै गाउँको यस किसिमको विशिष्ठ विशेषताका कारण नवराज गौतम, कोमल ढुङ्गेल, निमादाेर्जे तामाङ र रेशम तामाङले विशेष चासो राखिरहनु भएको थियो । फर्किएपछि श्रीहरि श्रेष्ठ, नवराज गौतम र मैले उक्त रहस्यमय सेतो पदार्थ एक बोतल भरेर खानी तथा भूगर्भ विभाग लैनचउरमा लगेर बुझायौँ । हामीले भन्यौँ तपाईँहरू उक्त तिथि र स्थानमा गएर आफैँ हेरिदिनुस्, यो अद्भूत पदार्थ को हो ? 

हाम्रो राजकीय बन्दोबस्तको फ्युज कहीँ टुटेजस्ताे लाग्छ । सयौँ वर्षदेखि उहि ठाउँमा उहि मितिमा सेतो पदार्थ निस्किनुको रहस्य के हो ? चिज के हाे ? किन हुन्छ ? भनेर आधिकारिक स्थानमा गएर सोध्दा, जबाफ पाइएको छैन । कमसेकम त्यस यात्राका यात्रुहरू जिज्ञाशु छौँ । “जुन मुलुकमा अनुसन्धानको पक्ष फितलो हुन्छ; त्यो देशको उन्नति प्रगति पनि फितलो हुनुस्वभाविक छ । यो त हदैसम्मको लापर्वाही हो । भन्ने हाम्रो ठम्याई छ । यो हाम्रो जिल्लाको रहस्य हो ।

(पाैडेल रामेछाप–१ का पूर्व सांसद तथा नेकपा (एकिकृत समाजवादी) का नेता हुन् ।)

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending