Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रामेछापकाे गर्भमा रहस्यको मकर

देवशंकर पाैडेल
देवशंकर पाैडेल

वि.सं. २०७० पौष २६ गते एक्लै लखनपुर पुगेको थिएँ । जाँदाजाँदै डोब्लास्थित सन्तलाल तामाङ निवासमा पुगेँ । म पहिले जाँदा डोब्ला आसपास तामाखानी खनिएका सुरुङ देखेको थिएँ । गहिरिएर हेर्ने अवसर पाएको थिइनँ । डोब्ला शब्दले तामाङ भाषामा “पाहारिलो घामलाग्ने ठाऊँ” भन्ने बुझिँदो रहेछ । बेलुका कुरा गरेँ । सन्तलालका छोरा निमादोर्जे तामाङजीले यहिँ नजिकै छ भनेर मलाई एउटा डाँडामा पुर्याएर केहि अवशेषहरू देखाउनु भयो । नियालेर हेरेँ, केहि तस्विर समेत खिचेँर डोब्ला फर्कियौँ ।

घर आएर सन्तलाल बालाई खानीका बारेमा थप जिज्ञाशा राखेँ । उहाँले निमाजी तिर फर्किएर भन्नु भयो- “गन्धक खानीमा पुर्याइनस् ?” निमाजीले भन्नु भयो- “कहाँ छ गन्धक खानी ?” ब्रह्मा-विष्णु खोला पारीको भिर बताइदिनु भयो । निमाजी र म फेरी उत्साहका साथ गन्धक खानी हेर्न उहिबाटो फर्कियौँ । त्यहाँ त विशाल खानी पो रहेछ । एउटै भिरमा तीनवटा ठूलाठूला सुरुङ देखिए । हाम्रा पुर्खाले त्यस ठाउँबाट गन्धक (सल्फर) निकालेका रहेछन् । सायद गन्धक बारुद बनाउन प्रयोग हुँदो हो । अनि लुताको औषधि पनि । निमाजी र म भित्र भित्रसम्म गएर खानी क्षेत्रको अध्ययन गर्यौँ । सुरुङ भित्र पस्नासाथ गन्धकको नमीठो गन्ध आयो । गन्ध खपेरै भित्र पस्यौँ । खानीको पुरा अनुभव बटुलेर डोब्ला फर्कियौँ । सुन्न त भुजी (उमाकुण्ड) को पिगुना भन्ने स्थानमा गन्धक खानी छ भन्ने सुनेको थिएँ । त्योभन्दा विशाल खानी लखनपुर (दोरम्बाशैलुङ) मा रहेछ भन्नेकुरा खानी क्षेत्रमा पुगेर जानकारी लिएँ । 

निमाजीले लखनपुरमा थप रहस्यमय दैवी विशेषता भएको जानकारी दिनु भयो । डोब्ला नजिकै एउटा सिमसार खोल्सालाई लेते खोला भनिँदो रहेछ । त्यो खोल्सामा हरेक वर्ष पौष मसान्तदेखि माघे सङ्क्रान्तिका दिनसम्म (चाैबीस घण्टा भित्र) पानी उम्रने ठाउँमा एक्कासी दहीजस्तो सेतो लेदो पदार्थ उम्रिन्छ । यो पुर्खादेखि सुन्दै र देख्दै आएको कुरा हो । मानिसहरू मकर फूलेको भनेर त्यहि दहिजस्तो लेदोमा स्नान गर्छन् । लेदो बगेर लेदेखोला लेदेखोला भन्दाभन्दै लेतेखोला हुन पुगेकाे हाे । पहिले पहिले लेते खोलामा जात्रा पनि लाग्थ्यो । अचेल जात्रा लाग्न छाडे पनि स्नान गर्ने भक्तहरूको घुइँचो लाग्छ । सन्तलालजस्ताे सन्तका उपस्थितिमा निमाजीले भन्नू भएर मात्र अन्यथा मलाई पत्याउनै मुस्किल पर्याे । 

म त्यसदिन पौष २७ गतेमा थिएँ । त्यो अवसर हेर्न मलाई कम्तिमा तीन दिन पर्खनु पर्ने हुन्थ्यो । निमाजी “बसेर हेरेर जानुस्‌” भन्दै हुनुहुन्थ्यो । पछि आउने बाचा गरेर त्यसबेला बस्न सकिनँ । त्यताबाट थरभञ्ज्याङ, गुन्साल भएर पुञ्चेत नेत्रबहादुर थापा मगरजीका घरमा पुगेर बास बसेँ । भोलिपल्ट काभ्राचउर, सिँगार्चे, टोकरपुरहुँदै घट्टेखोला रत्नप्रसाद कँडेलको अतिथि बनेँ । 

निमादोर्जेजीसँग भएको त्यस दिनको बाचा सम्झिइरहेको थिएँ । यस बारेमा मेरा साथी नवराज गौतमजी (लखनपुर) सँग काठमाडौँमा बसेर सल्लाह गरेँ । त्यसको चार वर्षपछि २०७४ साल पौष २९ गते लखनपुर जाने सल्लाह मिल्यो । नवराज गौतम, श्रीहरि श्रेष्ठ (गोठगाउँ) का साथ हामी लखनपुर पुग्यौँ । हाम्रो सल्लाह थियो, पौष मसान्तदेखि माघेसङ्क्रान्तिसम्म त्यहि खोलामा ढुकेर बस्ने । जाँदाजाँदै बाटामा नवराजजीले विभिन्न ठाउँको व्याख्या गरेर जाउँजाउँ पार्ने ठाउँहरू बताउनु भयो । उहाँले भन्नु भयो- “यहाँ आइहालियो पहिले ब्रह्मा-विष्णु खोलामा गएर छायाँश्वरीको दर्शन गरौँ ।” हामी हेर्नै हिँडेका थियौँ, नजाने कुरै भएन । हामी त्यतै गयौँ । गहिरो च्यापमा एउटा अद्भूत आकृति रहेछ । त्यस आकृतिलाई छायाँश्वरी भनिँदो रहेछ । यो मानव निर्मित होइन, स्वयभू मूर्ति रहेछ । त्यसका आसपासमा केही सर्पजस्ता आकृति पनि देखिन्थे ।

त्यहाँसम्म पुग्न मानव बस्तिबाट २ हजार ७४ वटा सिँडीबाट विकट भिरको ओरालो झर्नु पर्ने रहेछ । पुग्ने बेलामा केहि सिँडी पुरा भएका रहेनछन् । काम हुँदै थियाे । पहरो चिप्लो थियो । हामीलाई झर्न अप्ठ्यारो भयो । एउटा फलामे लठ्ठा हालिएको रहेछ । त्यहि लठ्ठा समाएर कष्टसाथ खाेलामा झरेका थियौँ । एक घण्टाजति छायाँश्वरीमा यताउति हेरेर वितायाैँ अनि उहिबाटाे फर्कियौँ । त्यतिलामो ठाडै ओराले उकालो गर्दा हामी थकित भयौँ । छायाँश्वरीमा पुगेर बाटैमा समय गुजार्यौँ । त्यो २०७४ पौष ३० गतेको दिन थियो । त्यो दर्शनीय स्थलको दायाँतिर पाङ्चेत र बायाँतिर लखनपुर गाउँ थियो । 

त्यसपछि गुराँसे पुग्यौँ । गुराँसेको अज्ञान इतिहासका बारेमा ज्ञान लिन खोज्यौँ । नेपालमा मानव सभ्यताका अनेकौँ पक्षहरू लुकेर बसेका छन् । त्यहाँ पूजित देवीका बारेमा गहिरो अध्ययन भएकै छैन । त्यो कुनै राज्यको राजधानी भएको भग्नावशेष बताए । त्यताबाट बेलुकीपख लेतेखोला झर्यौँ । हामी पुग्नुभन्दा केहि समय अगाडि मकर फुटीसकेछ । खोलैभरी सेताम्य भएर बगिरहेको थियो । निमादोर्जे तामाङजी र उहाँसँग आउनु भएका रेशम तामाङजी (डोब्ला) ले निधारमा टीका लगाउनु भयो । हामीले पनि लगायौँ । निधारमा टीका सुकेपछि चम्किलो सेतो देखियो ।

आफ्नै गाउँको यस किसिमको विशिष्ठ विशेषताका कारण नवराज गौतम, कोमल ढुङ्गेल, निमादाेर्जे तामाङ र रेशम तामाङले विशेष चासो राखिरहनु भएको थियो । फर्किएपछि श्रीहरि श्रेष्ठ, नवराज गौतम र मैले उक्त रहस्यमय सेतो पदार्थ एक बोतल भरेर खानी तथा भूगर्भ विभाग लैनचउरमा लगेर बुझायौँ । हामीले भन्यौँ तपाईँहरू उक्त तिथि र स्थानमा गएर आफैँ हेरिदिनुस्, यो अद्भूत पदार्थ को हो ? 

हाम्रो राजकीय बन्दोबस्तको फ्युज कहीँ टुटेजस्ताे लाग्छ । सयौँ वर्षदेखि उहि ठाउँमा उहि मितिमा सेतो पदार्थ निस्किनुको रहस्य के हो ? चिज के हाे ? किन हुन्छ ? भनेर आधिकारिक स्थानमा गएर सोध्दा, जबाफ पाइएको छैन । कमसेकम त्यस यात्राका यात्रुहरू जिज्ञाशु छौँ । “जुन मुलुकमा अनुसन्धानको पक्ष फितलो हुन्छ; त्यो देशको उन्नति प्रगति पनि फितलो हुनुस्वभाविक छ । यो त हदैसम्मको लापर्वाही हो । भन्ने हाम्रो ठम्याई छ । यो हाम्रो जिल्लाको रहस्य हो ।

(पाैडेल रामेछाप–१ का पूर्व सांसद तथा नेकपा (एकिकृत समाजवादी) का नेता हुन् ।)

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending