काठमाडौं । जेन-जी आन्दोलनपछि २४ भदौमा मच्चिएको तोडफोडका क्रममा प्रहरी वृत्त स्वयम्भूबाट चोरी गरिएको पेस्तोल बिक्री गर्ने गिरोह पक्राउ परेका छन्।
हातहतियार खरिद–विक्रि भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धादिङका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ का राजन देउला ९२५०, भारतीय नागरिक अकबर खान ९२४०, विजेश्वरीका सुमिन शाक्य ९२६० र क्षेत्रपाटीमा पसल सञ्चालन गर्ने प्रभात मल्ल ९३८० रहेका छन्।
प्रहरी वृत्त स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार गुरुङले २४ भदौमा प्रहरी कार्यालयमा मच्चिएको घटनाका बेला पेस्तोल लुटेको अनुसन्धानबाट खुलेको हो।
‘गुरुङले चोरेको पेस्तोल देउलासँग पुगेको र त्यसपछि अकबर खानमार्फत बिक्री गर्न खोजिएको पाइएको छ,’ डीएसपी अधिकारीले बताए। ‘खानमार्फत सुमिन शाक्यले ६५ हजार रुपैयाँमा खरिद गरेको र शाक्यले फेरि प्रभात मल्ललाई १ लाख रुपैयाँमा बिक्री गरेको भेटिएको छ।’
प्रभात मल्लको पसलको चेन्जिङ रुममा कपडाले बेरेर लुकाइएको अवस्थामा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पेस्तोलसँगै म्याग्जिन र १५ राउन्ड गोली पनि भेटिएको छ।
पक्राउ परेकामाथि हातहतियार तथा खरखजाना ऐन, २०१७ बमोजिम कानूनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १४:०९
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटवार्ता तयारी अन्तिम चरणमा पुगेको छ। केह...
पौष ११ गते, २०८२ - १३:५६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै...
पौष ११ गते, २०८२ - १३:४८
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनस...
पौष ११ गते, २०८२ - १३:४१
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद...
पौष ११ गते, २०८२ - १३:१४
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगल...
पौष ११ गते, २०८२ - १२:५१
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भे...
पौष ११ गते, २०८२ - १२:३७
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गर...
पौष ११ गते, २०८२ - १२:२१
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मू...
पौष ११ गते, २०८२ - ११:१६
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...
पौष ११ गते, २०८२ - ११:१२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...




प्रतिकृया लेख्नुहोस्: