सप्तरी। सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ। त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघन मुखिया।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी, राजविराजबाट फरार भएका मुखिया केही सातापछि विवाह गरेर पुन: आफैं कारागार फर्किए ।
मुखियाले नवविवाहिता दुलही भनेर कारागार जाँदा पीडित किशोरीलाई नै लिएर गए। यो साधारण घटना जस्तो लागे पनि सामाजिक र कानुनी दृष्टिले अत्यन्त जटिल छ। शत्रुघनले दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाएको थियो। त्यतिबेला पीडितका रुपमा उभिएकी किशोरीलाई नै श्रीमती भन्दै सार्वजनिक गरेको हो।
गत भदौ २५ गते कारागारबाट भागेका शत्रुघनले अर्को दिन भदौ २६ गते स्थानीय कमलामाई मन्दिरमा ज्योतिसँग विवाह गरेको दाबी गरेको हो। गाउँका भरभलादमीको रोहबरमा भएको विवाहपछि भएको उनको दाबी छ।
कारागार प्रशासनले २० असोजसम्म आत्मसमर्पण गर्न सूचना जारी गरेपछि उनी सोही दिन आफैं कारागार कार्यालय सप्तरीमा दुई वर्ष अघिकी पीडित किशोरीलाई लिएर आत्मसमर्पण गर्न पुगेको हो।
कारागार फर्किदै गर्दा मुखियाले भने “हामी प्रेममा थियौं, जबरजस्ती करणी थिएन।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको छ।
आफूहरुबीच प्रेम रहेको शत्रुघनको भनाइ छ। यता अदालतले बिहे गर्ने उमेर नपुगेको तथा पीडित पक्षको उजुरी तथा प्रहरी प्रतिवेदनको आधारमा जबरजस्ती करणी मुदामा सजाय तोकेपछि उहाँ जेल चलान भएको हो। अहिलेसमेत पीडित किशोरीको उमेर १९ वर्ष मात्र बताइएको छ। मुखियाले अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाससमक्ष पुनरावेदन गरेको दाबी गरेको छन्।
सुरुमा शत्रुघनका अभिभावकले प्रेम सम्बन्धलाई विवाहको रुप दिन अस्वीकार गर्दा आफ्ना अभिभावकले शत्रुघनविरुद्ध बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिएको किशोरीको भनाइ छ। अहिले पनि किशोरीका अभिभावकले विवाह स्वीकार गरेका छैनन्।
फरार भएर पनि शत्रुघन स्वेच्छाले कारागार फर्किनु सकारात्मक कदम भए पनि सजाय पूरा गर्न अझ करिब १० वर्ष बाँकी रहेको कारागार कार्यालय सप्तरीका प्रमुख गङ्गालाल योगीले बताए।
मुलुकी ऐनले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था छ। फरक परिस्थितिमा अदालतले मानवीय दृष्टिकोणबाट पुनर्विचार गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायी सतीशकुमार दत्तले बताए।
केटा र केटी दुवै पक्षका अभिभावक यसमा सकारात्मक हुनु जरुरी रहेको उनले सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: