Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन ट्राफिकको नियन्त्रणमा

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले वातावरण प्रदूषण नियन्त्रण अभियान अन्तर्गत धुवाँ फाल्दै सडकमा गुड्ने सवारीसाधनहरूलाई नियन्त्रणमा लिन थालेको छ। 

सोमबार कार्यालयले विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा ३७ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये १६ वटा भाडाका बस, १४ पिकअप भ्यान, चार स्कुल बस, दुई निजी कार र एक भाडाका कार रहेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, “अत्यधिक धुवाँ फाल्ने तथा सवारी जाँचपास नभएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ‘अवस्था ठिक नभएको सवारीसाधन सञ्चालन’ गरेको अभियोगमा कारबाही गरिनेछ।”

ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले भने, “धुवाँ फाल्ने सवारीसाधनले वायु प्रदूषण बढाउँछ, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। साथै, मर्मत नभएका गाडी चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुन्छ, त्यसैले सवारीलाई दुरुस्त अवस्थामा मात्र सञ्चालन गर्न आग्रह गर्दछौं।”

उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन मर्मतपछि र तोकिएको जरिवाना तिरेपछि मात्र फिर्ता दिइने छन्।

ट्राफिक प्रहरीले पछिल्ला दिनमा वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिँदै पुराना पेट्रोल र डिजेल सवारीसाधनको अनुगमन, सवारी जाँचपास, बिमा नवीकरण तथा चालक सचेतना अभियान सञ्चालन गरिरहेको छ।

वातावरणविद्हरूका अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारणमध्ये पुराना र धुवाँ फाल्ने सवारीसाधन प्रमुख हुन्। यसले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दमका बिरामीहरूमा स्वास्थ्य समस्या बढाउने गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा मोबाइल इमिसन टेस्ट युनिट थप गरेर धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन तयारी गरेको जनाएको छ। साथै, यस्ता चेकिङ अभियानलाई निरन्तरता दिँदै नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिने पनि जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending