झापा। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख, अम्लिसो रु १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ ।
त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु नौ करोड ४७ लाख, जडीबुटी रु एक करोड २४ लाख, मसुरो दाल रु सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ ।
सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट रु एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।
आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् ।
क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी रु तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ ।
त्यसैगरी, ताजा फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, आलु रु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...
श्रावण १८ गते, २०८३ - १४:४७
काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टरा...
श्रावण १८ गते, २०८३ - १४:३५
काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधारका लागि आमरण अनशनमा बसेकी नर्स ज्योति रा...
श्रावण १८ गते, २०८३ - १४:१३
सिन्धुलीमाढी। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्...
श्रावण १८ गते, २०८३ - १३:५७
कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ...
श्रावण १८ गते, २०८३ - १३:४४
चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको ...
श्रावण १८ गते, २०८३ - १३:२०
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...
श्रावण १८ गते, २०८३ - १३:०४
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...



प्रतिकृया लेख्नुहोस्: