सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत गठन गरेको कार्यदलले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, २, ३, ४, ५, ६ र ७ तथा सुर्खेतको सिम्ता गाउँपालिका–१, ३, ४, ५, ६ र ७ मा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुन नसकेको अवस्थाको अध्ययन गर्नेछ।
कर्णाली प्रदेशसभाको साउन १५ गते बसेको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले शून्य समयमा सल्यान र सुर्खेतका प्रभावित क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएको थिए । त्यसपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको जनाएको छ।
कार्यदलको संयोजकमा मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ (दशौँ तह) चित्रबहादुर रोकाय रहनुभएको छ। सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका इन्जिनियर प्रतिनिधि तथा मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री रहेको छन्।
मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान, सरोकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय र छलफल गर्नेछ। खडेरीका कारण धान रोपाइँ प्रभावित हुनुका कारण, त्यसले कृषि उत्पादनमा पारेको असर तथा समस्या समाधानका सम्भावित उपायसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।
यस वर्ष पर्याप्त वर्षा नहुँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश खेतमा धान रोपाइँ हुन सकेको छैन। प्राकृतिक वर्षामा निर्भर किसानले समयमै धान रोप्न नपाउँदा खाद्य उत्पादनमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गर्दै आएका छन्।
कार्यदलको प्रतिवेदनका आधारमा खडेरी प्रभावित किसानलाई राहत, वैकल्पिक सिँचाइको व्यवस्था तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाइने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १३:५७
कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ...
श्रावण १८ गते, २०८३ - १३:४४
चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको ...
श्रावण १८ गते, २०८३ - १३:२०
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...
श्रावण १८ गते, २०८३ - १३:०४
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...
श्रावण १८ गते, २०८३ - १२:५१
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...
श्रावण १८ गते, २०८३ - १२:३५
सल्यान। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँमा परेको असरबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेक...
श्रावण १८ गते, २०८३ - १२:०५
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको ...
श्रावण १८ गते, २०८३ - ११:५४
विराटनगर । अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित विशेष सूचनाका आधारमा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र का...
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...
श्रावण १८ गते, २०८३ - ११:२४
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...



प्रतिकृया लेख्नुहोस्: