नवलपुर। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधवार किटानी जाहेरी दिएका छन् ।
मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा पुगेको जनप्रतिनिधिहरूको टोलीले प्रहरी प्रमुख युवराज खड्का समक्ष जाहेरी बुझाएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना, मध्यविन्दु उपप्रमुख पूर्णकला चौधरीसहित वडाध्यक्षहरू, सदस्यहरू तथा सामाजिक अगुवा सहितको टोलीले संयुक्त रूपमा जोहरी बुझाएको हो।
मध्यविन्दु नगर प्रमुख अधिकारीले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा अराजक समूह, उद्दण्ड र केही व्यक्तिहरूले राजनैतिक प्रतिशोध साँधेर सरकारी कार्यालय र निजी सम्पत्ति माथि आगजनी तोडफोड र लुटपाट मच्चाउने काम भएको हुँदा यस्ता गतिविधि कुनै आन्दोलन नभई हिंसा रहेको भन्दै यथाशीघ्र त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
आन्दोलनका क्रममा भएका अमानवीय र आपराधिक क्रियाकलापले जनप्रतिनिधि मात्रै होइन प्रहरी, प्रशासन समेतको मनोबल गिरेको अहिलेको अवस्थामा यदि त्यस्ता आपराधिक काममा संलग्नलाई कारबाही नगरी मौन बसेमा स्थानीय सरकारले सेवा प्रवाह गर्न नसक्ने र प्रहरी प्रशासनले समेत सुरक्षा दिन नसक्ने हुँदा सही ढङ्गबाट अनुसन्धान गरी प्रमाण पुगेकालाई कानुन बमोजिम कारबाही गर्न नगर प्रमुख अधिकारीले अनुरोध गरे।
जाहेरी बुझेपछि प्रहरी प्रमुख युवराज खड्काले अपराधमा संलग्न कुनै पनि व्यक्ति उम्कन नसक्ने भन्दै प्रचलित कानुन बमोजिम कारबाही हुने बताए। उनले जाहेरीका अनुसन्धान सुरु गरी प्रत्यक्ष संलग्नलाई कारबाही गर्ने बताए।
अनुसन्धानका लागि अहिले किटानी जाहेरी परेकाहरूकोे नाम , ठेगाना गोप्य राखिएको छ । अनुसन्धानमा बाधा पुग्ने भएकाले अहिले सार्वजनिक गर्न नमिल्ने प्रहरी प्रमुख खड्काले बताएको छन् ।
घरमा आगजनी, लुटपाट र तोडफोड गर्नेहरूको फोटो, भिडियो, सामाजिक सञ्जालका स्टाटस लगायतका प्रमाणसहित किटानी जाहेरी दिइएको मध्यविन्दु नगर प्रमुख अधिकारीले बताए। आपराधिक कार्यमा प्रत्यक्ष संलग्न रहेका र उनीहरूलाई सघाउने ,उक्साउने लगायत सबैलाई कारबाहीको माग गरेर किटानी जाहेरी बुझाएको अधिकारीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: