Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

हेटौंडाको चुरे हिल अस्पतालमा डाक्टरमाथि कुटपिट

खबरडबली संवाददाता

मकवानपुर । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बिरामीको उपचार प्रक्रिया र अस्पताल भर्ना गर्ने विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा। सुशिल शाहमाथि कुटपिट भएको हो।

बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ निवासी अजित बिडारीले डा। शाहमाथि हातपात गरेका थिए। दुर्घटनामा घाइते भएकी बिरामीको उपचार र रिफर प्रक्रियासम्बन्धी विवादका क्रममा झगडा भएको बताइएको छ।

अस्पतालका निर्देशक डा। आकेश प्रजापतिका अनुसार विवादका क्रममा बिडारीले डा। शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए। घटनापछि अन्य बिरामीका आफन्त र अस्पतालका कर्मचारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए।

घटनाको समयमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनका अनुसार डा। शाहले आफूमाथि कुटपिट भएको भए पनि कानुनी प्रक्रिया अघि नबढाउन भनेका थिए। त्यसपछि बिडारी अस्पतालबाट बाहिरिएको बताइएको छ।

अस्पतालमा ल्याइएकी बिरामी सुरक्षा कँडेलको कुहिनोमा सामान्य चोट लागेको थियो। उनलाई राजु बिडारीले उपचारका लागि अस्पतालमा ल्याएका थिए। इमर्जेन्सीमा कार्यरत डा। सचिन दासले अर्थोपेडिक सर्जनको आवश्यकता भएकाले डा। शाहलाई बोलाएका थिए।

स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा केही मिनेटमै बिरामी पक्ष र चिकित्सकबीच विवाद सुरु भएको थियो। डा। शाहले घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिनका लागि अब्जरभेसनमा राख्नुपर्ने सल्लाह दिएका थिए। तर, बिरामीका आफन्तहरूले भर्ना हुन अस्वीकार गर्दै अन्यत्र लैजाने अडान लिएपछि विवाद तीव्र बनेको थियो।

विवादकै क्रममा अजित बिडारीले डा. शाहमाथि हातपात गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डा. शाहलाई गम्भीर चोटपटक लागेको छैन। यद्यपि, प्रहरीले घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान सुरु गरेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ।

यस घटनाप्रति चिकित्सक संघ मकवानपुरले आपत्ति जनाउँदै छलफल सुरु गरेको छ। संघका सचिव डा. राजु सेंढाइका अनुसार घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गर्ने तयारी भइरहेको छ। बिहीबार बिहान अस्पताल प्रशासन र पीडित चिकित्सकसँगको छलफलपछि प्रहरीमा लिखित उजुरी दिने निर्णय गरिएको उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending