Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हेटौंडाको चुरे हिल अस्पतालमा डाक्टरमाथि कुटपिट

खबरडबली संवाददाता

मकवानपुर । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बिरामीको उपचार प्रक्रिया र अस्पताल भर्ना गर्ने विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा। सुशिल शाहमाथि कुटपिट भएको हो।

बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ निवासी अजित बिडारीले डा। शाहमाथि हातपात गरेका थिए। दुर्घटनामा घाइते भएकी बिरामीको उपचार र रिफर प्रक्रियासम्बन्धी विवादका क्रममा झगडा भएको बताइएको छ।

अस्पतालका निर्देशक डा। आकेश प्रजापतिका अनुसार विवादका क्रममा बिडारीले डा। शाहलाई धकेलेर मुक्का प्रहार गरेका थिए। घटनापछि अन्य बिरामीका आफन्त र अस्पतालका कर्मचारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए।

घटनाको समयमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनका अनुसार डा। शाहले आफूमाथि कुटपिट भएको भए पनि कानुनी प्रक्रिया अघि नबढाउन भनेका थिए। त्यसपछि बिडारी अस्पतालबाट बाहिरिएको बताइएको छ।

अस्पतालमा ल्याइएकी बिरामी सुरक्षा कँडेलको कुहिनोमा सामान्य चोट लागेको थियो। उनलाई राजु बिडारीले उपचारका लागि अस्पतालमा ल्याएका थिए। इमर्जेन्सीमा कार्यरत डा। सचिन दासले अर्थोपेडिक सर्जनको आवश्यकता भएकाले डा। शाहलाई बोलाएका थिए।

स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा केही मिनेटमै बिरामी पक्ष र चिकित्सकबीच विवाद सुरु भएको थियो। डा। शाहले घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिनका लागि अब्जरभेसनमा राख्नुपर्ने सल्लाह दिएका थिए। तर, बिरामीका आफन्तहरूले भर्ना हुन अस्वीकार गर्दै अन्यत्र लैजाने अडान लिएपछि विवाद तीव्र बनेको थियो।

विवादकै क्रममा अजित बिडारीले डा. शाहमाथि हातपात गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डा. शाहलाई गम्भीर चोटपटक लागेको छैन। यद्यपि, प्रहरीले घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान सुरु गरेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ।

यस घटनाप्रति चिकित्सक संघ मकवानपुरले आपत्ति जनाउँदै छलफल सुरु गरेको छ। संघका सचिव डा. राजु सेंढाइका अनुसार घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गर्ने तयारी भइरहेको छ। बिहीबार बिहान अस्पताल प्रशासन र पीडित चिकित्सकसँगको छलफलपछि प्रहरीमा लिखित उजुरी दिने निर्णय गरिएको उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending