Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

गृहमन्त्रीप्रति सुदन गुरुङको आक्रोश: तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएन, आशा मरिसकेको छ

प्रधानमन्त्री कार्कीको प्रिय पात्र बनेर गृहमन्त्रीको कुर्सीमा बस्न नपाइने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय मन्त्री’ को संज्ञा दिएका छन्।

गुरुङले जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि गरिएको दमनका जिम्मेवारहरूलाई कारबाही नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन्। उनले लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भन्ने सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। शहीदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।”

गुरुङले गृहमन्त्री अर्यालप्रति अब कुनै आशा बाँकी नरहेको बताएका छन्।

उनका अनुसार जेनजी आन्दोलनको उद्देश्य आगामी २०८४ सालको निर्वाचन २०८२ मा सार्न खोज्ने होइन, बरु जनता र जेनजीका माग सम्बोधन गराउनका लागि भएको हो। उनले चेतावनी दिँदै भनेका छन्, “चुनावको नाटक नचलोस्। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन नभए यसपालिको चुनाव हुन दिइने छैन।”

प्रधानमन्त्री सुशीला कार्कीको “प्रिय पात्र” बनेर गृहमन्त्रीको कुर्सीमा बस्न नपाइने चेतावनी पनि गुरुङले दिएका छन्।

“अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको राजनीतिक भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी टिक्ने सोच्नु तपाईंको भ्रम हो,” उनले भनेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending