Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौँ । कञ्चनपुरपस्थित सुदूरपश्चिम विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। भएको जग्गा विभिन्न समूहले अतिक्रमण गरेर भोगचलन गरिरहँदा विश्वविद्यालय आफैँ भने साँघुरो जग्गामा संरचना बनाएर सञ्चालन भइरहेको छ। 

विश्वविद्यालयको क्याम्पसका रूपमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले बताए। क्याम्पसको नाममा तीन सय ८० बिघा जग्गाको लालपुर्जा  रहेको छ। सुरुमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सामुदायिक रूपमा सञ्चालित उक्त क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयले २०७५ साल साउन १ गतेदेखि आङ्गिक क्याम्पस बनाएको थियो।  

विश्वविद्यालयका अनुसार स्थानीय राजनीतिक दलकै प्रत्यक्ष संलग्नतामा जग्गा अतिक्रमणमा परेको हो। अतिक्रमित जग्गाको केही भाग सुकुमबासीले कब्जा गरेको भए पनि अधिकांशमा भने राजनीतिक दलका व्यक्तिको संलग्नता देखिएको छ। 

अतिक्रमणमा परेको जग्गामा थुप्रै संरचना बनिसकेको छ। विद्युत् प्राधिकरणले बत्तीसमेत जोडिदिएको छ भने दुई वटा प्राथमिक तहको सरकारी स्कुलसमेत अतिक्रमित जग्गामा सञ्चालनमा रहेको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धविन्द्र रावलले बताए। उनका अनुसार विगतमा खानेपानी संस्थानले समेत विश्वविद्यालयकै जग्गामा कार्यालय स्थापना गरेको थियो। क्याम्पसले विरोध गरेपछि यो कार्यालय हटेको छ। उक्त क्षेत्रमा प्रशस्तै रुखबिरुवा थिए। अतिक्रमण हुन थालेपछि ती रुख काटिएका छन्। 

अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन पटक पटक पहल गर्दा पनि नसकेपछि विश्वविद्यालयले अघिल्लो सरकारको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, भूमिसुधार मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लिखित निवेदन दिएर जग्गा फिर्ताको पहल गरिदिन अनुरोध गरेको थियो। क्याम्पस प्रमुख रावलका अनुसार ती ठाउँमा पाँच हजारभन्दा बढी परिवार बसेका छन्। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending