काठमाडौँ । कञ्चनपुरपस्थित सुदूरपश्चिम विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। भएको जग्गा विभिन्न समूहले अतिक्रमण गरेर भोगचलन गरिरहँदा विश्वविद्यालय आफैँ भने साँघुरो जग्गामा संरचना बनाएर सञ्चालन भइरहेको छ।
विश्वविद्यालयको क्याम्पसका रूपमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले बताए। क्याम्पसको नाममा तीन सय ८० बिघा जग्गाको लालपुर्जा रहेको छ। सुरुमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सामुदायिक रूपमा सञ्चालित उक्त क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयले २०७५ साल साउन १ गतेदेखि आङ्गिक क्याम्पस बनाएको थियो।
विश्वविद्यालयका अनुसार स्थानीय राजनीतिक दलकै प्रत्यक्ष संलग्नतामा जग्गा अतिक्रमणमा परेको हो। अतिक्रमित जग्गाको केही भाग सुकुमबासीले कब्जा गरेको भए पनि अधिकांशमा भने राजनीतिक दलका व्यक्तिको संलग्नता देखिएको छ।
अतिक्रमणमा परेको जग्गामा थुप्रै संरचना बनिसकेको छ। विद्युत् प्राधिकरणले बत्तीसमेत जोडिदिएको छ भने दुई वटा प्राथमिक तहको सरकारी स्कुलसमेत अतिक्रमित जग्गामा सञ्चालनमा रहेको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धविन्द्र रावलले बताए। उनका अनुसार विगतमा खानेपानी संस्थानले समेत विश्वविद्यालयकै जग्गामा कार्यालय स्थापना गरेको थियो। क्याम्पसले विरोध गरेपछि यो कार्यालय हटेको छ। उक्त क्षेत्रमा प्रशस्तै रुखबिरुवा थिए। अतिक्रमण हुन थालेपछि ती रुख काटिएका छन्।
अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन पटक पटक पहल गर्दा पनि नसकेपछि विश्वविद्यालयले अघिल्लो सरकारको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, भूमिसुधार मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लिखित निवेदन दिएर जग्गा फिर्ताको पहल गरिदिन अनुरोध गरेको थियो। क्याम्पस प्रमुख रावलका अनुसार ती ठाउँमा पाँच हजारभन्दा बढी परिवार बसेका छन्। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: