काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूले भदौ २३ गते सुरु गरेको आन्दोलन माइतीघरबाटै खोसिएको बताएका छन्।
आइतबार काठमाडौंमा बसेको राष्ट्रिय युवा सङ्घ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई युवामैत्री भावनाको नाममा खोसाखोस र राजनीतिक हतियार बनाइएको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने 'युवाहरूले राम्रा माग राखेर आन्दोलन आह्वान गरेका थिए, तर माइतीघर पुग्नुअघि नै उनीहरूका मुद्दा खोसाखोस भइरहेको थियो।'
उनका अनुसार, माइतीघर मण्डलामा पुग्नुभन्दा पहिले नै आन्दोलनका मूल उद्देश्यहरू कब्जा गर्ने समूहहरू त्यहाँ सक्रिय भइसकेका थिए। ओलीले थपे, 'युवाहरूले जसोतसो आन्दोलन होटल एभरेष्टसम्म पुर्याए, तर त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारिकेट भत्काउने र भिडन्त गर्ने गतिविधि सुरु भयो।'
ओलीले भदौ २४ गते देशभर भएका आगजनी र तोडफोड घटनाहरू आकस्मिक नभई पूर्वयोजना अनुसारका भएको दाबी गरे। उनले भने, '२४ गतेको घटना २३ गतेको प्रतिक्रिया होइन, तयारी थियो। अगाडिदेखि नै सर्वे गरेर चिह्न लगाइएको थियो।'
उनका अनुसार, युवाहरूका जायज मागहरूलाई भुईँमा पछार्दै आन्दोलनलाई उग्र रूप दिने उपद्रवी तत्वहरूले स्थिति बिगारेका हुन्।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा कोही पानी खुवाउने कोही कालो ज्याकेट लगाउने व्यक्ति नेता बनेको भन्दै आलोचना गरे। उनले भने, 'उनीहरूलाई मन नपर्ने समाचार लेख्ने सञ्चारकर्मीलाई धम्की आउन थालेको छ। यस्तो अवस्थामा सञ्चारकर्मीको सुरक्षा युवा सङ्घले नै गर्नुपर्ने अवस्था आएको छ।'
ओलीले प्रहरी र सर्वसाधारण त्रसित भएको भन्दै युवा सङ्घलाई समाजमा विश्वास जगाउने जिम्मेवारी लिन आह्वान गरे।
ओलीले आन्दोलनमा संलग्न केही व्यक्ति युवा भए पनि जिम्मेवार र सङ्गठित नहुने बताए। उनले भने, 'युवाको नाममा प्रतिगमन गरिएको छ। जसले हिंसा र विध्वंस मच्चाए, ती जिम्मेवार युवा होइनन्।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १७:५२
कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...
श्रावण १३ गते, २०८३ - १७:३९
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...
श्रावण १३ गते, २०८३ - १७:३०
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...
श्रावण १३ गते, २०८३ - १७:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...
श्रावण १३ गते, २०८३ - १६:४६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
श्रावण १३ गते, २०८३ - १५:५९
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...
श्रावण १३ गते, २०८३ - १५:५३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...
श्रावण १३ गते, २०८३ - १५:४३
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...
श्रावण १३ गते, २०८३ - १५:२९
काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...
श्रावण १३ गते, २०८३ - १४:५७
काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...



प्रतिकृया लेख्नुहोस्: