Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

जेनजी आन्दोलन माइतीघरमै खोसिएको थियो: ओली

जेनजी आन्दोलनका नाममा कोही पानी खुवाउने कोही कालो ज्याकेट लगाउने नेता बने

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूले भदौ २३ गते सुरु गरेको आन्दोलन माइतीघरबाटै खोसिएको बताएका छन्।

आइतबार काठमाडौंमा बसेको राष्ट्रिय युवा सङ्घ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई युवामैत्री भावनाको नाममा खोसाखोस र राजनीतिक हतियार बनाइएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने 'युवाहरूले राम्रा माग राखेर आन्दोलन आह्वान गरेका थिए, तर माइतीघर पुग्नुअघि नै उनीहरूका मुद्दा खोसाखोस भइरहेको थियो।'

उनका अनुसार, माइतीघर मण्डलामा पुग्नुभन्दा पहिले नै आन्दोलनका मूल उद्देश्यहरू कब्जा गर्ने समूहहरू त्यहाँ सक्रिय भइसकेका थिए। ओलीले थपे, 'युवाहरूले जसोतसो आन्दोलन होटल एभरेष्टसम्म पुर्‍याए, तर त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारिकेट भत्काउने र भिडन्त गर्ने गतिविधि सुरु भयो।'

ओलीले भदौ २४ गते देशभर भएका आगजनी र तोडफोड घटनाहरू आकस्मिक नभई पूर्वयोजना अनुसारका भएको दाबी गरे। उनले भने, '२४ गतेको घटना २३ गतेको प्रतिक्रिया होइन, तयारी थियो। अगाडिदेखि नै सर्वे गरेर चिह्न लगाइएको थियो।'

उनका अनुसार, युवाहरूका जायज मागहरूलाई भुईँमा पछार्दै आन्दोलनलाई उग्र रूप दिने उपद्रवी तत्वहरूले स्थिति बिगारेका हुन्।

अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा कोही पानी खुवाउने कोही कालो ज्याकेट लगाउने व्यक्ति नेता बनेको भन्दै आलोचना गरे। उनले भने, 'उनीहरूलाई मन नपर्ने समाचार लेख्ने सञ्चारकर्मीलाई धम्की आउन थालेको छ। यस्तो अवस्थामा सञ्चारकर्मीको सुरक्षा युवा सङ्घले नै गर्नुपर्ने अवस्था आएको छ।'

ओलीले प्रहरी र सर्वसाधारण त्रसित भएको भन्दै युवा सङ्घलाई समाजमा विश्वास जगाउने जिम्मेवारी लिन आह्वान गरे।

ओलीले आन्दोलनमा संलग्न केही व्यक्ति युवा भए पनि जिम्मेवार र सङ्गठित नहुने बताए। उनले भने, 'युवाको नाममा प्रतिगमन गरिएको छ। जसले हिंसा र विध्वंस मच्चाए, ती जिम्मेवार युवा होइनन्।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाली पुगे बालेन शाह, रास्वपाका उम्मेदवारसँग चुनावी तयारीमा व्यस्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको कैलालीमा चुनावी अभियानमा व्यस्त छन्। उनले कैलाली...

जमलमा तीन सवारी ठोक्किँदा एक जना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मोटरसाइकल, स्कुटर र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार केहीबेर अघि भएको दुर्घटनामा एक जना घ...

लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्...

यी पाँच उम्मेदवारलाई निर्वाचन आयोगको सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार झ...

ईपीएस पास गरेर पनि कोरिया जान नपाएको भन्दै युवाको प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले काठ...

खगेन्द्र सुनारको पुरानो अभिव्यक्ति भाइरल, रास्वपा के भन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार आफ्नो एक पुरानो अभिव्यक्तिका कारण...

चुनावी अभियानमा कैलाली पुगेका बालेन भेटघाटमा व्यस्त

कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुगेको छन्। बर्दियाको राजापुरबाट कैलाली पुगेका उनले उम्मेदवार भेटघाटका ...

सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो...

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending