मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गरेको छन् ।
आइतबार हवाईमार्ग हुदै मुस्ताङ आएका गृह सचिव दङाल सहितको टोलीले जिल्लाको बस्तुस्थितीका बारेमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायसँगको छलफलपछि अध्यागमन (इमिग्रेसन), भन्सार कार्यालय,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)सहित नाकामा रहेका सरकारी संयन्त्र तथा संरचनाको निरीक्षण गरेको थिए ।
कोरला नाका ब्यवसायिक रुपमा सञ्चालन भएपछि हालसम्मको प्रगति, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा भन्सार प्रमुख रमेश खड्का र अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कोरला नाकाबाट समेत तिब्वत क्षेत्रको भ्रमणका लागि भइरहेको सहजीकरणका बारेमा जानकारी गराएको थिए।गृहसचिव दङ्गालले कोरला नाका सञ्चालन तथा यस क्षेत्रमा स्रोतसाधन प्रयाप्त बनाउन सरकार प्रतिबद्ध रहेकाले आफ्नो जिम्मेबारी अनुसार काम गर्न समेत कार्यालय प्रमुखलाई निर्देशन दिएको थिए । गत भदौ महिनाको ३० गते ब्यवसायिक रुपमा भन्सार कार्यालय सञ्चालन तथा अध्यागमन कार्यालयले सेवा सुरु गरेपछि नेपाल सरकारको माथिल्लो तहबाट पहिलोपटक भ्रमण भएको छ ।
गृहसचिव दङ्गाललाई उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन, विदेशी पर्यटकको समयअवधि बढाउन, नाकाबाट तिब्वती क्षेत्रमा जान थप सहज बनाउन लगायत स्थानीयका समस्याका बारेमा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले अनुरोध गरेको थिए। गृहसचिव दङाल सहित टोलीमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी रहेको छन् ।
त्यसैगरी टोलीका अन्य सदस्यहरूमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, गण्डकी प्रदेशका सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक दिपेन्द्र शाह, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा,सशस्त्र प्रहरी बलका नायब उपरीक्षक, सशस्त्र प्रहरी भेसराज गिरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विष्णुहरि पण्डित लगायतको उपस्थिती रहेको थियो ।
गृह सचिव सहितको टोलीलाई कोरला नाकालाई प्रभावकारी बनाउन साधनस्रोत, जनशक्ती सहित भौतिक पूर्वाधार विस्तारका साथै कागबेनी– कोरला सडक कालोपत्रेलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । गृहसचिव सोमबार मुस्ताङबाट फर्किने कार्यतालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...




प्रतिकृया लेख्नुहोस्: