Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

कोरला नाका सरकारको प्राथमिकतामा : गृहसचिव दङ्गाल

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गरेको छन् ।

आइतबार हवाईमार्ग हुदै मुस्ताङ आएका गृह सचिव दङाल सहितको टोलीले जिल्लाको बस्तुस्थितीका बारेमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायसँगको छलफलपछि अध्यागमन (इमिग्रेसन), भन्सार कार्यालय,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)सहित नाकामा रहेका सरकारी संयन्त्र तथा संरचनाको निरीक्षण गरेको थिए ।

कोरला नाका ब्यवसायिक रुपमा सञ्चालन भएपछि हालसम्मको प्रगति, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा भन्सार प्रमुख रमेश खड्का र अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कोरला नाकाबाट समेत तिब्वत क्षेत्रको भ्रमणका लागि भइरहेको सहजीकरणका बारेमा जानकारी गराएको थिए।गृहसचिव दङ्गालले कोरला नाका सञ्चालन तथा यस क्षेत्रमा स्रोतसाधन प्रयाप्त बनाउन सरकार प्रतिबद्ध रहेकाले आफ्नो जिम्मेबारी अनुसार काम गर्न समेत कार्यालय प्रमुखलाई निर्देशन दिएको थिए । गत भदौ महिनाको ३० गते ब्यवसायिक रुपमा भन्सार कार्यालय सञ्चालन  तथा अध्यागमन कार्यालयले सेवा सुरु गरेपछि नेपाल सरकारको माथिल्लो तहबाट पहिलोपटक भ्रमण भएको छ ।

गृहसचिव दङ्गाललाई उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन, विदेशी पर्यटकको समयअवधि बढाउन, नाकाबाट तिब्वती क्षेत्रमा जान थप सहज बनाउन लगायत स्थानीयका समस्याका बारेमा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष  लोप्साङ छोम्पेल बिष्टले अनुरोध गरेको थिए। गृहसचिव दङाल सहित टोलीमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी रहेको छन् ।

त्यसैगरी टोलीका अन्य सदस्यहरूमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, गण्डकी प्रदेशका सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक दिपेन्द्र शाह, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा,सशस्त्र प्रहरी बलका नायब उपरीक्षक, सशस्त्र प्रहरी भेसराज गिरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विष्णुहरि पण्डित लगायतको उपस्थिती रहेको थियो ।

गृह सचिव सहितको टोलीलाई कोरला नाकालाई प्रभावकारी बनाउन साधनस्रोत, जनशक्ती सहित भौतिक पूर्वाधार विस्तारका साथै कागबेनी– कोरला सडक कालोपत्रेलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । गृहसचिव सोमबार मुस्ताङबाट फर्किने कार्यतालिका रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending