Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

नवलपरासीमा संघाराम क्षेत्र पहिचानमा, बौद्ध भिक्षु र उपासकको चासो

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा भगवान् गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल  सम्भावित संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ ।

यो संघाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्वपूर्ण अङ्ग र उत्तिकै महत्व बोकेको प्राचीन स्थल मानिएको छ।  स्थानीय रामग्राम(१७ का वडाध्यक्ष कन्हैया मौर्यले पुरातत्व विभागले संघाराम क्षेत्रलाई बौद्धकालिन प्राचीन स्थल पहिचान गरी बोर्ड राखेदेखि नै बुद्धसँग सरोकार राख्नेहरूको चासो बढेको बताए।

भिक्षु संघले आराम वा विश्राम गर्ने स्थानलाई संघाराम भनिन्छ। प्राचीनकालमा यहाँ हजारभन्दा बढी भिक्षुहरूले विश्राम गर्ने गरेको अनुमान छ । संघाराम नजिकै पाँच विघाभन्दा बढी क्षेत्रफलमा सरोवर (पोखरी), साना पोखरीहरू तथा इनारहरू समेत देखिएका छन्, जुन भिक्षुहरूलाई स्थान (नुहाउन) गर्नका लागि बनाइएको थियो। साथै, प्राचीन आवासहरूको पर्खालहरू समेत भेटिएका छन्।

रामग्राम स्तुप अवस्थित रहेको देउरवा गाउँ र हाल पहिचानमा आएको संघाराम क्षेत्र रहेको देवगाव को सिमाना भलुहीखोलाले छुट्ट्याएको छ। रामग्राम विकास कोषका सदस्य तथा पुरातत्वका जानकार नारद यादवका अनुसार बुद्धको अस्ति रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तुप नजिकै वरिपरिमा संघाराम हुनुपर्ने बौद्ध परम्पराअनुसार नै रामग्राम १७ देवगावको प्राचीन स्थललाई संघारामको रूपमा अनुमान गरी अनुसन्धान थालिएको हो।

प्राचीन अभिलेख अनुसार, स्तुप उत्खनन गर्न आएका सम्राट अशोकले नागबंशीहरूको आग्रहमा रामग्राम स्तुपको उत्खनन गरेनन्, बरु स्तुप क्षेत्र देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएको तथ्यले यस क्षेत्रको ऐतिहासिकतालाई थप बलियो मान्न सकिन्छ ।

मौर्यकालीन मगधको राजधानी पाटलिपुत्रको कुक्कुटुर संघराम नष्ट भएजस्तै पुष्यमित्र संघका सेनाले रामग्रामको संघाराम ९देवगाव० का भिक्षुलाई पनि मारेर भगाएको हुन सक्ने अनुमान गर्नुभएको छ, जसले यो स्थलको ऐतिहासिक महत्वलाई थप रहस्यमय बनाएको छ।

विश्व सम्पदा सूची र संरक्षणको लक्ष्य

यस क्षेत्रका स्थानीयहरूले यति महत्वपूर्ण स्थानको सरकारी स्तरबाटै संरक्षण, विकास र प्राचीन संँस्कार तथा संस्कृतिको प्रवद्र्धन आवश्यक रहेको औंल्याएका छन् । संघारामको पहिचानपछि अब यस क्षेत्रमा पनि बौद्ध भिक्षुहरूको गतिविधि बढाउने योजना रहेको बताइएको छ।

रामग्राम स्तुप आफ्नो मौलिक अवस्थामा अवस्थित एकमात्र बुद्धको अस्तुधातु भएको स्तुप हो।विश्वसम्पदा सूचीको प्रक्रियामा रहेको रामग्राम स्तुप क्षेत्रमा युनेस्को र पुरातत्व विभाग सँग मिलेर थप काम गर्दै अगाडि बढ्ने रामग्राम विकास कोषको लक्ष्य रहेको छ।

गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ।

हालै भिक्षु निपुन सहितको उपासक टोलीले रामग्राम नगरपालिका वडा नं. १७ स्थित उक्त क्षेत्रको अध्ययन अवलोकन गरेका छन्। यो संघाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्वपूर्ण अङ्ग र उत्तिकै महत्व बोकेको प्राचीन स्थल मानिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending