Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नवलपरासीमा संघाराम क्षेत्र पहिचानमा, बौद्ध भिक्षु र उपासकको चासो

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा भगवान् गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल  सम्भावित संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ ।

यो संघाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्वपूर्ण अङ्ग र उत्तिकै महत्व बोकेको प्राचीन स्थल मानिएको छ।  स्थानीय रामग्राम(१७ का वडाध्यक्ष कन्हैया मौर्यले पुरातत्व विभागले संघाराम क्षेत्रलाई बौद्धकालिन प्राचीन स्थल पहिचान गरी बोर्ड राखेदेखि नै बुद्धसँग सरोकार राख्नेहरूको चासो बढेको बताए।

भिक्षु संघले आराम वा विश्राम गर्ने स्थानलाई संघाराम भनिन्छ। प्राचीनकालमा यहाँ हजारभन्दा बढी भिक्षुहरूले विश्राम गर्ने गरेको अनुमान छ । संघाराम नजिकै पाँच विघाभन्दा बढी क्षेत्रफलमा सरोवर (पोखरी), साना पोखरीहरू तथा इनारहरू समेत देखिएका छन्, जुन भिक्षुहरूलाई स्थान (नुहाउन) गर्नका लागि बनाइएको थियो। साथै, प्राचीन आवासहरूको पर्खालहरू समेत भेटिएका छन्।

रामग्राम स्तुप अवस्थित रहेको देउरवा गाउँ र हाल पहिचानमा आएको संघाराम क्षेत्र रहेको देवगाव को सिमाना भलुहीखोलाले छुट्ट्याएको छ। रामग्राम विकास कोषका सदस्य तथा पुरातत्वका जानकार नारद यादवका अनुसार बुद्धको अस्ति रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तुप नजिकै वरिपरिमा संघाराम हुनुपर्ने बौद्ध परम्पराअनुसार नै रामग्राम १७ देवगावको प्राचीन स्थललाई संघारामको रूपमा अनुमान गरी अनुसन्धान थालिएको हो।

प्राचीन अभिलेख अनुसार, स्तुप उत्खनन गर्न आएका सम्राट अशोकले नागबंशीहरूको आग्रहमा रामग्राम स्तुपको उत्खनन गरेनन्, बरु स्तुप क्षेत्र देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएको तथ्यले यस क्षेत्रको ऐतिहासिकतालाई थप बलियो मान्न सकिन्छ ।

मौर्यकालीन मगधको राजधानी पाटलिपुत्रको कुक्कुटुर संघराम नष्ट भएजस्तै पुष्यमित्र संघका सेनाले रामग्रामको संघाराम ९देवगाव० का भिक्षुलाई पनि मारेर भगाएको हुन सक्ने अनुमान गर्नुभएको छ, जसले यो स्थलको ऐतिहासिक महत्वलाई थप रहस्यमय बनाएको छ।

विश्व सम्पदा सूची र संरक्षणको लक्ष्य

यस क्षेत्रका स्थानीयहरूले यति महत्वपूर्ण स्थानको सरकारी स्तरबाटै संरक्षण, विकास र प्राचीन संँस्कार तथा संस्कृतिको प्रवद्र्धन आवश्यक रहेको औंल्याएका छन् । संघारामको पहिचानपछि अब यस क्षेत्रमा पनि बौद्ध भिक्षुहरूको गतिविधि बढाउने योजना रहेको बताइएको छ।

रामग्राम स्तुप आफ्नो मौलिक अवस्थामा अवस्थित एकमात्र बुद्धको अस्तुधातु भएको स्तुप हो।विश्वसम्पदा सूचीको प्रक्रियामा रहेको रामग्राम स्तुप क्षेत्रमा युनेस्को र पुरातत्व विभाग सँग मिलेर थप काम गर्दै अगाडि बढ्ने रामग्राम विकास कोषको लक्ष्य रहेको छ।

गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ।

हालै भिक्षु निपुन सहितको उपासक टोलीले रामग्राम नगरपालिका वडा नं. १७ स्थित उक्त क्षेत्रको अध्ययन अवलोकन गरेका छन्। यो संघाराम क्षेत्रलाई रामग्राम स्तुपकै एक महत्वपूर्ण अङ्ग र उत्तिकै महत्व बोकेको प्राचीन स्थल मानिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending