Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मन्त्रीहरूलाई ओलीको चेतावनी- धेरै जिब्रो नचलाउनू

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्न चेतावनी दिएका छन्।

उनले सरकारका पछिल्ला गतिविधिहरू गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको भन्दै चर्को आलोचना गरे।

सोमबार पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकारका मन्त्रीजीहरूलाई म धेरै जिब्रो नचलाउन आग्रह गर्न चाहन्छु। अलिकति सम्हालिएर बोल्ने, व्यवहार गर्ने गर्नुपर्छ।’

उनले सरकारको म्याद छोटो भएको तर मन्त्रीहरूको फुर्ती भने स्थायी सरकारको जस्तो देखिएको भन्दै व्यङ्ग्य गरे। ‘म्याद चार महिना बाँकी छैन, फुर्तीचाहिँ घाम जून रहुन्जेल रहने जस्तै छ,’ ओलीले भने।

अध्यक्ष ओलीले सरकारले विभिन्न देशबाट राजदूत फिर्ता बोलाउने र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिने निर्णयको भर्त्सना गरे। उनले यस्तो कदमले सरकारको कूटनीतिक अज्ञानता र अपरिपक्वता छताछुल्ल पारेको टिप्पणी गरे।

‘राजदूत फर्केर आएर परराष्ट्र मन्त्रालयमा हाजिर हुनु भन्ने ! कानुन थाहा छ कि छैन ? कूटनीति थाहा छ कि छैन ? एम्बेसेडर भनेको के हो थाहा छ कि छैन ?’ ओलीले प्रश्न गरे।

उनले राजदूत देशको प्रतिनिधि भएको र उसलाई कर्मचारीलाई जस्तो व्यवहार गर्न नमिल्ने बताए।

उनले थपे, ‘फिर्ता बोलाइएका राजदूतहरू इन-सर्भिसका कर्मचारी होइनन्। उनीहरूलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराउने कुरा कुन संसारको आदेश हो ? कुन संसारमा छ यो सरकार ?’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: