Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विप्लव, जनार्दन र घनश्यामसँग नेतृत्वको विषयमा सहमति बन्न नसकेको हो : वर्षमान पुन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पछिल्ला दिनमा वाम एकताको विषयमा भइरहेको छलफल र मतभेदबारे खुला धारणा सार्वजनिक गरेका छन्।

पुनका अनुसार विप्लव, जनार्दन, घनश्याम लगायत वामपन्थी नेताहरूसँग विभिन्न चरणमा संवाद र छलफल भए पनि नेतृत्वको विषयमा सहमति बन्न नसकेको हो। 

उनले भने, “विप्लवजी, घनश्यामजी, जनार्दनजीहरूले पनि छलफल गर्नुभएकै हो। हामीले पनि छलफल गरेकै हौं। नेतृत्व भन्ने कुरा हाम्रो मात्रै सन्दर्भ होइन, समकालीन विश्व र नेपाली राजनीतिमा नै यो एउटा बहसको विषय हो।”

पुनले अन्तर्राष्ट्रिय राजनीतिमा फेरि वृद्ध नेताहरूको उदय भएको उल्लेख गर्दै भने, “कुनैबेला ओबामा, क्यामरुन, राजीव गान्धीजस्ता युवा नेताहरू अघि आएका थिए। अहिले विश्व फेरि बाइडेन र ट्रम्पजस्ता वृद्ध नेतातिर फर्किएको छ। भारत र चीनमा पनि ७० नाघेकै नेताहरू छन्।”

वर्षमान पुनले २०७४ सालतिर विप्लव समूहसँगको द्वन्द्व स्मरण गर्दै भने, “त्यो बेला विप्लवजीले मलाई, जनार्दनजी र अध्यक्षलाई सिध्याउने प्रयास गर्नुभएको थियो। तर अहिले फेरि उहाँहरू पनि चुनावी र शान्तिपूर्ण बाटोमा आउनु भएको छ, त्यसैले सहकार्यको सम्भावना अझै बाँकी छ।”

उनले पुराना विवाद र कटुतालाई बिर्सेर वर्तमान आवश्यकतामा ध्यान दिनुपर्ने बताउँदै भने, “विगत समीक्षा गर्नुपर्छ, तर आजको कुरा मिल्यो भने सङ्गत मिलिहाल्छ। हिजो के भनियो भनेर आजको राजनीति चल्दैन।”

पुनले समाजवादी धारका नेताहरू जनार्दन शर्मा, घनश्याम भुसाल र विप्लवप्रति व्यक्तिगत सम्मान व्यक्त गर्दै पनि उनीहरूमा ठोस निर्णय क्षमताको अभाव रहेको टिप्पणी गरे।

उनले भने, “त्यो नेतामा हुने गुण — अप्रिय भए पनि सही कुरामा उभिने — हुनुपर्छ। तर उहाँहरू ठोस निर्णयमा अलि हिचकिचाउनुहुन्छ।”

पुनले घनश्याम भुसालप्रति प्रशंसा र आलोचना दुवै गर्दै भने, “उहाँ राम्रो वैचारिक नेता, विश्लेषक र मान्छे हुनुहुन्छ, तर राजनीतिक नेता र सङ्गठक होइन भन्ने मेरो निष्कर्ष हो।”

विप्लव र अन्य वाम नेताहरूसँग भएको संवादबारे उनले खुलासा गर्दै भने, “हामीले चुनावमा माओवादी वा समाजवादीको चिन्ह प्रयोग गर्न आग्रह गरेका थियौं, तर उहाँहरूले स्वतन्त्र उठ्ने निर्णय गर्नुभयो।”

जनार्दन शर्माको नयाँ संगठन ‘प्रगतिशील अभियान’ बारे टिप्पणी गर्दै उनले भने, “माओवादी आन्दोलन जीवनमरणको सङ्घर्षबाट आएको हो। तर फेरि साधारण ‘प्रगतिशील अभियान’ भनेर सुरु गर्नु भनाइ र गराइ नमिल्ने कुरा हो।”

अन्त्यमा उनले वाम नेताहरूबीचको एकता ढिलो–चाँडो पुनः हुने विश्वास व्यक्त गरे। “हिजो एमालेमा बसेर पछि छोड्नुभएजस्तै, अहिले पनि सानो संगठन बनाएर बस्नुभयो। ढिलो–चाँडो फेरि एउटै ठाउँमा आउनुहुन्छ भन्ने आशा छ,” उनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending