जनकपुरधाम । मधेश प्रदेशमा संविधानको धारा १६८(३)अनुसार गठन गरिएको सरकारविरुद्ध एमालेबाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार रिट दर्ता गराएका हुन्। सर्वोच्च अदालतले उक्त रिट निवेदनको पेसी बुधबारका लागि तोकेको छ।
रिट लिएर सर्वोच्च पुगेकामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, र लोसपाका नेता जयलुन राइन लगायतका नेताहरू छन्।
रिट दर्ता प्रक्रियामा उनीहरूलाई कानुनी सहयोग गर्न मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा समेत साथमा थिए।
गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अन्य दलहरूलाई नबोलाई संविधानको धारा १६८(३) बमोजिम नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
भण्डारीले सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं प्रस्थान गर्ने क्रममा महोत्तरीको बर्दिबासस्थित पानस होटलमा शपथ ग्रहण समारोह आयोजना गरी मुख्यमन्त्रीलाई शपथ खुवाएकी थिइन्।
उक्त कदमप्रति कांग्रेससहितका दलहरू कडा आपत्ति र असन्तोष व्यक्त गर्दै सर्वोच्च अदालतको ढोका पुगेका हुन्।
यसबीच, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १३:००
गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् । कहिलेकाहीँ द...
पौष १५ गते, २०८२ - १२:४६
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...
पौष १५ गते, २०८२ - १२:२९
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...
पौष १५ गते, २०८२ - १२:१४
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...
पौष १५ गते, २०८२ - १२:०५
सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...
पौष १५ गते, २०८२ - ११:५६
काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...
पौष १५ गते, २०८२ - ११:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...
पौष १५ गते, २०८२ - ११:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...
पौष १५ गते, २०८२ - १०:५५
रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...




प्रतिकृया लेख्नुहोस्: