Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

‘जेनजी आन्दोलन’मा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु हुन्छ: अर्थमन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ‘जेनजी आन्दोलन’का क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण दुई महिनापछि सुरु हुने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले हालको बजेटभित्रै पुनर्निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

उनका अनुसार आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार सरकारी संरचनातर्फ मात्र करिब १ सय अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

मन्त्री खनालले ‘जेनजी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण कोष’मा हालसम्म ८ करोड रुपैयाँ जम्मा भएको जानकारी पनि दिए। उनले टुक्रा आयोजनाहरूको बजेट कटौती गरी हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, बिपी राजमार्ग लगायतका रणनीतिक आयोजनाहरूलाई प्राथमिकतामा राखिएको बताए।

खनालका अनुसार आन्दोलनका मागअनुसार सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका मापदण्ड र बजेट परिचालन प्रणालीलाई प्रभावकारी बनाइएको छ। उनले थपे, “आयकर घटे पनि समग्र राजस्व वृद्धि भएको छ।”

मन्त्री खनालले जेनजी आन्दोलनपछि सेप्टेम्बर महिनामा पर्यटक आगमन केही घटेको भए पनि त्यसपछिका महिनामा उल्लेख्य वृद्धि भएको बताए। उनले आन्दोलनपछि निजी क्षेत्रमा परेको क्षतिपछि व्यावसायिक वातावरण पुन:स्थापना गर्न सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending