काठमाडौं । सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सूचीकृत गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सरकार र निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन हुने ऊर्जा विकास, जलविद्युत् उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी आयोजनाहरूलाई यसपटकको सूचिमा समावेश गरिएको हो।
सूचीकृत आयोजनामा लामो समयदेखि विवादमा रहँदै आएको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना समेत परेका छन्। साथै, यसअघि नै राष्ट्रिय गौरवका आयोजनाको रूपमा समेटिएका केही आयोजना पनि नयाँ सूचिमा दोहोरिएका छन्।
मन्त्रालयले सार्वजनिक गरेको सूचि अनुसार निम्न आयोजनाहरू राष्ट्रिय प्राथमिकतामा परेका छन् -
बबई सिँचाइ आयोजना
भेरी–बबई डाइभर्सन आयोजना
सुनकोशी–मरिन डाइभर्सन आयोजना
सिक्टा सिँचाइ आयोजना
महाकाली सिँचाइ आयोजना
रानी जमरा कुलरिया सिँचाइ आयोजना
नौमुरे बहुउद्देश्यीय आयोजना
कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना
बागमती सिँचाइ आयोजना
नवीनतम यान्त्रिक सिँचाइ आयोजना
प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना
सुनसरी–मोरङ सिँचाइ आयोजना
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना
बृहत् दाङ उपत्यका सिँचाइ आयोजना
जलस्रोत संरक्षण आयोजना (रुपाताल र धाप बाँध)
कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजना
सरकारका अनुसार यस्ता आयोजना सूचीकृत भएपछि बजेट सुनिश्चितता र कार्यान्वयनमा प्राथमिकता प्रदान गरिनेछ।
यी आयोजनाहरूले कृषि उत्पादन वृद्धि, ऊर्जा सुरक्षा, जलस्रोतको दिगो उपयोग र रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले यो सूचीले देशको समग्र विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार, “यी आयोजना ग्रामीण भेगको कृषि, ऊर्जा र पूर्वाधार विकासमा रूपान्तरणकारी योगदान दिनेछन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: