काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा। आरजु राणा देउवामाथि भएको आक्रमणलाई समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै, कार्कीले ‘जेनजी आन्दोलन’का क्रममा देउवा दम्पतीमाथि भएको आक्रमणलाई लोकतान्त्रिक मूल्य र संस्थामाथिको गंभीर आघातको रूपमा व्याख्या गरे।
उनले भने, “उहाँहरू माथि भएको आक्रमण उहाँहरू व्यक्तिगत रूपमा मात्र नभई समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष प्रहार हो। दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न म जोडदार माग गर्दछु।”
नेता कार्कीले आन्दोलनका क्रममा शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास, व्यवसायिक प्रतिष्ठान र ऐतिहासिक स्थलहरूमा भएको तोडफोड, लुटपाट र आगजनीलाई ‘अकल्पनीय र विध्वंसकारी घटना’ का रूपमा चित्रित गरे।
उनका शब्दमा, “यो घटना स्वस्फूर्त थिएन, सुनियोजित र योजनाबद्ध थियो। अहिले जुन किसिमको दण्डहीनताले प्रश्रय पाइरहेको छ, यदि यसलाई रोकिएन भने राज्य अकल्पनीय अस्थिरतातर्फ जानेछ।”
कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र उचित व्यवस्थापनका लागि सरकारसँग तत्काल कदम चाल्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: