Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

प्रधानमन्त्री कार्कीले त्रिवि जग्गा फिर्ता ल्याउने प्रक्रियाको प्रगतिबारे मागिन् जानकारी

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की ले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी लिइन्।

मंगलबार सिंहदरबारमा उनले अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल, त्रिविका उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल लगायतसँग छलफल गरेकी हुन्। छलफलमा मुख्य सचिव एकनारायण अर्याल र जग्गा खोजबिन समितिका पदाधिकारी पनि सहभागी थिए।

प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा भएको प्रगतिबारे जिज्ञासा राख्दै सोधिन् कि प्रतिवेदन सार्वजनिक भएपछि कति जग्गा फिर्ता भयो, फिर्ता हुने प्रक्रिया कस्तो छ र दोषीमाथि के कारबाही भयो।

त्रिवि पदाधिकारीले अपचलनमा गएको जग्गा ओगटेर बसेकाहरुलाई हटाउन र लगत कायम गर्न सरकारको सहयोग आवश्यक रहेको बताए। गृहमन्त्री अर्यालले भने विश्वविद्यालय आफैं अग्रसर हुनुपर्ने र अवैध हडपिएका जग्गाको हरेक घटनामा सीआईबीमार्फत अलग-अलग जाहेरी दिनुपर्ने बताए।

मुख्य सचिव अर्यालका अनुसार प्रतिवेदनमा औँल्याइएका काममध्ये ६० प्रतिशत विश्वविद्यालय आफैंले गर्न सक्छ।

शिक्षामन्त्री पुनले तत्काल काम सुरु गर्न सरोकारवाला निकायको समन्वयमा कार्यदल गठन गर्नुपर्ने प्रस्ताव राखे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

संविधान पुनर्लेखन होइन, १० वर्षको अभ्यासको समीक्षा र परिमार्जन आवश्यक : आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...

अदालतको प्रक्रिया आफ्नै ठाउँमा, कांग्रेसको रूपान्तरण अभियान नरोकिने: महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...

ट्यांकरबाट हवाई इन्धन चोरी, सात जना पक्राउ

वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...

ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...

प्रलोपा विभाजनपछि अलग भए राम कार्की

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...

शेखर कोइरालाले फिर्ता गरे कोइराला निवास मर्मतका लागि विनियोन गरेको २ करोड बजेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending