Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

नवलपरासीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। मतदाता नामावली सङ्कलनका लागि चार दिन मात्र बाँकी रहँदा पश्चिम नवलपरासीमा नाम दर्ता गर्नेको भिड लागेको छ । जिल्ला निर्वाचन कार्यालयले कार्यालय समय बाहेक पनि नाम दर्ता गरिरहेको छ । बिहान ८ बजेबाट सुरु भएको नाम दर्ता कार्य अहिले केहीबेर अगाडि मात्रै सकिएको छ ।

भिड बढेकाले दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी करण चौहानले जानकारी दिए।

पछिल्लो चार दिन यता नाम दर्ताको गर्नेको भिड ह्वात्तै बढेको छ ।  आज मात्रै ३ चार पुरुष र ३ सय सात महिलासहित ६ सय १२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हालसम्म १७५४ पुरुष, १३३० महिला र एक जना अन्य गरी तीन हजार ८५ जना नयाँ मतदाता थपिएको चौहानले जानकारी दिए ।

अहिले सबै कर्मचारी नाम दर्ता गर्न खटिएको तर जनशक्ति कम भएकाले भिडभाड बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुजाता खत्रीले बताए। सबै कर्मचारी नामावली सङ्कलनमा खटिएको खत्रीको भनाइ छ ।

फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर असोज १० गतेबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । तर सुरुमा नाम दर्ता गर्न नआएका मतदाताहरू अन्तिम समयमा आउँदा भिड बढेको हो । कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ताको समय तोकिएको छ ।

मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्याका कारण सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको छ ।  नवलपरासीमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एक लाख २१ हजार ८६१ पुरुष, एक लाख १९ हजार ६५ महिला र चार जना अन्य गरी कुल दुई लाख ४० हजार ९३० मतदाता रहेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending