Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

चार दलीय समाजवादी मोर्चाको यात्रा २८ महिनामै समाप्त

खबरडबली संवाददाता

काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको चार दलीय समाजवादी मोर्चा विघटन भएको छ।

मोर्चाका संयोजकसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव **नेत्रविक्रम चन्द ‘विप्लव’**ले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका छन्।

विप्लवले विज्ञप्तिमा भनेका छन्, “जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएका छन्। सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन्। यस अवस्थामा अहिलेको स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौं।”

उनका अनुसार हाल मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्। त्यसैले, मोर्चा निरन्तरता दिनु अर्थहीन भएको नेकपाको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीबीच पार्टी एकता भएको थियो।
यसअघि, २०८० साल असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको थियो।

जसपा विभाजनपछि २०८१ साउन १ गते मोर्चाबाट बाहिरिएको थियो। सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा जोडिएको थियो।

मोर्चाले ५५ जिल्ला र २०० पालिकामा संगठन विस्तार गरेको थियो। यस अवधिमा काठमाडौँमा दुई पटक ठूला विरोधसभा र सातै प्रदेशमा सन्देश सभा आयोजना गरेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...

बाढीपहिरोले बगाएका काभ्रेका छ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

[काभ्रेपलाञ्चोक ।  बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...

अब रातो नम्बर प्लेटका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, कालो प्लेट अनिवार्य

काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...

थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी, आज अदालतमा उपस्थित गराइने

काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...

कुशल भुर्तेलको विस्फोटक शतक, चीनसामु नेपालले राख्यो ३१४ रनको विशाल लक्ष्य

काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...

एक दशक बित्दा पनि पूरा भएन सर्लाहीको हुलाकी सडक, स्थानीय निराश

सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...

एसइईमा उत्कृष्ट नतिजा ल्याउने पनेरुलाई एक लाख पुरस्कार

गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...

प्लाइ ढोका उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...

कालीमाटीमा गोलभेँडा ६० रुपैयाँ, प्याज ४३ रुपैयाँ किलो, यस्तो छ आजको थोक मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending