काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले भने, यदि नेतृत्व फेरेर चुनावमा गयौं भने कांग्रेस फेरि सबैभन्दा ठूलो पार्टी बन्न सक्छ।” परियारका अनुसार, महामन्त्री गगन थापाले पेस गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन नभए पनि विधानअनुसार माग भए तीन महिनाभित्र विशेष महाधिवेशन गर्न अनिवार्य हुन्छ।
महाधिवेशनअघि नेतृत्व परिवर्तन आवश्यक
परियारले भने, “यदि महाधिवेशन निर्वाचनपछि गरियो भने धेरै कार्यकर्ता र मतदाता सहभागी हुन नसक्ने अवस्था आउन सक्छ। यसले संगठनको सशक्तता र राजनीतिक प्रभावमा असर पार्न सक्छ।”
उनले आगामी २०८२ पुस मसान्तसम्म नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिए।
त्यसरी महाधिवेशन सम्पन्न गर्न सके कांग्रेसले आगामी निर्वाचनमा “सबैभन्दा ठूलो र प्रभावशाली पार्टी” बन्न सक्ने उनको भनाइ थियो।
विशेष महाधिवेशनको कानुनी स्पष्टता
परियारले पार्टी विधानको धारा १७९(२०) को व्याख्या गर्दै भने, “विशेष महाधिवेशनको प्रस्ताव विधानसम्मत र विधिसम्मत छ। एकपटक प्रस्ताव आएपछि तीन महिनाभित्र महाधिवेशन गर्न अनिवार्य हुन्छ।” उनले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर र त्यसमा आएका टिप्पणी प्रति पनि ध्यानाकर्षण गराउँदै विधानमा स्पष्टता आवश्यक रहेको उल्लेख गरे।
डा. शेखर कोइराला र अन्य नेताहरूको प्रस्ताव
परियारले स्मरण गरे कि डा. शेखर कोइरालासहितका केही नेताहरूले झण्डै एक वर्षअघि नै २०८२ मंसिर मसान्तसम्म पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका थिए। तर त्यसतर्फ पार्टी नेतृत्वको ध्यान नजानु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी थियो।
उनले थपे, “भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि हामीले महसुस गर्यौं कि किन महाधिवेशनको तयारी गरेनौं।”
गगन थापाको प्रस्ताव र सहमति प्रयास
परियारले असोज २३ गते पार्टी कार्यालयमा बसेको गगन थापाद्वारा बोलाइएको फिजिकल बैठकमा थापाले भनेको कुरा स्मरण गरेः “मंसिर मसान्तसम्म नियमित महाधिवेशन गरौं, सम्भव नभए विशेष महाधिवेशन गरौं।”
परियारका अनुसार, उक्त बैठकमा डा. शेखर कोइरालासहितका पदाधिकारीहरूले पनि यही प्रस्तावको पक्षमा धारणा राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: