Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

धमाधम राजीनामा दिँदै सरकारले फिर्ता बोलाएका राजदूतहरू

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म फिर्ता बोलाएका ११ राजदूतमध्ये पाँच जनाले राजीनामा दिएका छन् भने बाँकी ६ जनाले पनि राजीनामा दिने तयारी गरिरहेका छन्। उनीहरूले यसबारे कानुनी परामर्श गरिरहेका छन्।

राजीनामा दिने राजदूतहरूमा अमेरिका: लोकदर्शन रेग्मी, चीन: कृष्णप्रसाद ओली, कतार: रमेशचन्द्र पौडेल, मलेसिया: डा. नेत्रप्रसाद तिमल्सिना र बेलायत: चन्द्रकुमार घिमिरे रहेका छन्।

उनीहरूको राजीनामा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष दिइएको छ, तर हालसम्म स्वीकृत भएको छैन। मन्त्रालयका अधिकारीले भनेका छन् कि सर्वोच्च अदालतले फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको अवस्थामा उनीहरूको राजीनामा कार्यान्वयनका सन्दर्भमा अध्ययन भइरहेको छ।

असोज ३० गतेको मन्त्रीपरिषद् बैठकले कात्तिक २० गतेसम्म नेपाल आइपुग्ने गरी राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भएता पनि कात्तिक १७ गते परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई कार्यालयमै कामकाज गर्ने गरी फिर्ता बोलाएको पत्र पठाएको थियो।

फिर्ता भइसकेका राजदूतहरूको स्थानमा कार्यवाहक नियुक्त भएका छन्। अमेरिकाका लागि सहसचिव शरदराज आरण, चीनका लागि सहसचिव रोशन खनाल, जर्मनीका लागि उपनियोग प्रमुख सागर फुयाल, जापानका लागि उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाका लागि उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारका लागि उपनियोग प्रमुख कुमार राई, बेलायतका लागि उपनियोग प्रमुख विपिन घिमिरे, साउदीका लागि उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनका लागि उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलका लागि उपनियोग प्रमुख कुमारबहादुर श्रेष्ठ र रुसका लागि सहचारी कसम पोखरेलले जिम्मेवारी सम्हालेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending