काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म फिर्ता बोलाएका ११ राजदूतमध्ये पाँच जनाले राजीनामा दिएका छन् भने बाँकी ६ जनाले पनि राजीनामा दिने तयारी गरिरहेका छन्। उनीहरूले यसबारे कानुनी परामर्श गरिरहेका छन्।
राजीनामा दिने राजदूतहरूमा अमेरिका: लोकदर्शन रेग्मी, चीन: कृष्णप्रसाद ओली, कतार: रमेशचन्द्र पौडेल, मलेसिया: डा. नेत्रप्रसाद तिमल्सिना र बेलायत: चन्द्रकुमार घिमिरे रहेका छन्।
उनीहरूको राजीनामा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष दिइएको छ, तर हालसम्म स्वीकृत भएको छैन। मन्त्रालयका अधिकारीले भनेका छन् कि सर्वोच्च अदालतले फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको अवस्थामा उनीहरूको राजीनामा कार्यान्वयनका सन्दर्भमा अध्ययन भइरहेको छ।
असोज ३० गतेको मन्त्रीपरिषद् बैठकले कात्तिक २० गतेसम्म नेपाल आइपुग्ने गरी राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भएता पनि कात्तिक १७ गते परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई कार्यालयमै कामकाज गर्ने गरी फिर्ता बोलाएको पत्र पठाएको थियो।
फिर्ता भइसकेका राजदूतहरूको स्थानमा कार्यवाहक नियुक्त भएका छन्। अमेरिकाका लागि सहसचिव शरदराज आरण, चीनका लागि सहसचिव रोशन खनाल, जर्मनीका लागि उपनियोग प्रमुख सागर फुयाल, जापानका लागि उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाका लागि उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारका लागि उपनियोग प्रमुख कुमार राई, बेलायतका लागि उपनियोग प्रमुख विपिन घिमिरे, साउदीका लागि उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनका लागि उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलका लागि उपनियोग प्रमुख कुमारबहादुर श्रेष्ठ र रुसका लागि सहचारी कसम पोखरेलले जिम्मेवारी सम्हालेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: