काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्।
बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारका तर्फबाट यस सम्बन्धमा न त लिखित न त मौखिक रूपमा कुनै सूचना प्राप्त भएको बताएका हुन्।
‘मलाई आजसम्म सरकारले लिखित वा मौखिक रूपमा स्थानहद गरेको, पासपोर्ट रोक्का गरेको भनेर कुनै जानकारी दिएको छैन,’ लेखकले बैठकमा भने, ‘कुन संविधान, कुन कानुन, कुन ऐन अन्तर्गत, के प्रयोजनका लागि र कति अवधिका लागि मलाई स्थानहद गरिएको हो भन्ने विषयमा पनि जानकारी छैन।’
लेखकका अनुसार उनले करिब दुई महिना अघि सरकारको उक्त निर्णयबारे समाचार माध्यमबाट मात्रै सुनेका हुन्। ‘निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थानहद गरेको र पासपोर्ट रोक्का गरिएको रहेछ भन्ने कुरा म समाचारबाटमात्रै थाहा पाएको हुँ,’ उनले स्पष्ट पारे।
लेखकले जेनजी आन्दोलनमा भएको दमनप्रति आफू जिम्मेवार नभएको दाबी पनि बैठकमा गरेका छन्। उनका अनुसार गृहमन्त्रीका रूपमा रहँदा उनले सुरक्षा संयन्त्रलाई बारम्बार ‘कुनै अप्रिय घटना नहोस्’ भन्ने निर्देशन दिएका थिए।
‘प्रधानमन्त्री वा मन्त्रीले दमन गर्न आदेश दिने विषय नै होइन,’ लेखकले भने, ‘२२ गते साँझ र भोलिपल्ट बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका महानिरीक्षकलाई क्याजुअल्टी नहोस् भनेर पटक–पटक भनेको छु। त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा समेत सार्वजनिक गर्नुभएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: