काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक र फलदायी रहेको बताएका छन्।
सिओलमा बुधबार आयोजित फोरमलाई सम्बोधन गर्दै मन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘एआईमैत्री नेपाल’ बनाउने सरकारको योजनालाई फोरमले थप बल प्रदान गरेको उल्लेख गरे।उनले भने, “डिजिटल लिडरसिप फोरम अत्यन्तै सफल र उपलब्धिपूर्ण भएको छ। यसले आगामी दिनमा नेपाललाई डिजिटल र एआई ट्रान्सफर्मेसनको बाटोमा अघि बढाउन सहयोग पुर्याउनेछ।”
मन्त्री खरेलका अनुसार नेपालले हाल डिजिटल र एआई ट्रान्सफर्मेसनका लागि नीति निर्माण र संस्थागत तयारी अघि बढाएको छ। “नेपालले एआई नीति बनाइसकेको छ, राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको छ र एआई काउन्सिल गठनको तयारी भइरहेको छ,” उनले बताए। “डिजिटल नेपालको रोडम्यापको मस्यौदा पनि तयार पारिएको छ।”
फोरममा नेपालले कोरियन सरकार, विश्व बैंक र अन्य साझेदार संस्थासँग सहकार्य विस्तार गर्ने प्रस्ताव राखेको मन्त्री खरेलले जानकारी दिए। उनका अनुसार यी संस्थाहरूले पनि नेपालसँग डिजिटल र एआई ट्रान्सफर्मेसनमा सहकार्य गर्न सहमति जनाएका छन्।
मन्त्री खरेलले भने, “डिजिटल र एआई विषयमा साझेदारी भन्नाले आर्थिक क्षमता अभिवृद्धि, एक्सपोजर भिजिट, ज्ञान आदानप्रदान र तालिम आदिमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।”
फोरमको समूहगत सत्रमा मन्त्री खरेलले नेपालको प्राथमिकता, सहकार्यका सम्भावना र साझेदारीका एजेन्डामा धारणा राखेका थिए। यस क्रममा कोरिया सरकार र ‘नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सी ९ल्क्ष्ब्०’ बीच पनि आपसी सहकार्यबारे परामर्श भएको थियो।
फोरममा दक्षिण कोरियामा नेपाली राजदूत डा। शिवमाया तुम्बाहाम्फे, मन्त्री खरेलका स्वकीय सचिव उद्धव भट्टराई लगायतको सहभागिता रहेको थियो।
कोरियाको विज्ञान तथा आइसिटी मन्त्रालयको संयुक्त आयोजनामा सिओलमा आयोजित फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन: स्ट्राटेजिज एन्ड च्यालेन्ज’ तथा ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ शीर्षकमा दुई सत्र सञ्चालन भएका थिए।
यस अवसरमा एसिया–प्रशान्त क्षेत्रका मन्त्रीहरू, प्रधानमन्त्रीका सल्लाहकार, संयुक्त राष्ट्रसंघका प्रतिनिधि र अन्य अन्तरराष्ट्रिय संस्थाका अधिकारीहरू सहभागी भएका थिए। मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: