भारत । प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशहरू बिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किएका छन् ।
थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नु अघि प्रधानमन्त्री मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका छन्। “भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औँ जन्मजयन्ती को अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ । भ्रमण पछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूका नतिजाहरूले द्विपक्षीय साझेदारीलाई गति दिने उनले बताएका छन् ।
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई विदा गर्न एयरपोर्टमा आएका थिए भने प्रधानमन्त्री मोदीले उनलाई त्यहाँ सम्म पुगाउन आएकोमा धन्यवाद व्यक्त गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधि र लगायतका क्षेत्रहरूमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ ।
“प्रधानमन्त्री नरेन्द्र मोदी थिम्पूमा चलिरहेको ग्लोबल शान्ति प्रार्थना महोत्सवमा चाङ्लिमिथाङ स्टेडियममा कालचक्र ’व्हील अफ टाइम’ सशक्तिकरण दीक्षामा भुटानका राजा लगायतका महामहिमसँग सहभागी भएको जनाइएको छ ।
यस पवित्र कार्यक्रममा विदेशी आगन्तुकसहित ३० हजारभन्दा बढी मानिस उपस्थित भएको तथा प्रार्थनाको अध्यक्षता भुटानका प्रमुख मठाधीश महामहिम जे खेनपोले गरेको , विदेश मन्त्रालयले एक्सको एक पोस्टमा जनाएको छ ।
भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु–दोस्रो जलविद्युत परियोजनाको संयुक्त उद्घाटन–भारत–भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ । भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यहरूमा निहित भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभुत बनाउने जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: