Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भुटानको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

खबरडबली संवाददाता

भारत । प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशहरू बिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किएका छन् ।

थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नु अघि प्रधानमन्त्री मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका छन्। “भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औँ जन्मजयन्ती को अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ । भ्रमण पछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूका नतिजाहरूले द्विपक्षीय साझेदारीलाई गति दिने उनले बताएका छन् ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई विदा गर्न एयरपोर्टमा आएका थिए भने प्रधानमन्त्री मोदीले उनलाई त्यहाँ सम्म पुगाउन आएकोमा धन्यवाद व्यक्त गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधि र लगायतका क्षेत्रहरूमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ ।

“प्रधानमन्त्री नरेन्द्र मोदी थिम्पूमा चलिरहेको ग्लोबल शान्ति प्रार्थना महोत्सवमा चाङ्लिमिथाङ स्टेडियममा कालचक्र ’व्हील अफ टाइम’ सशक्तिकरण दीक्षामा भुटानका राजा लगायतका महामहिमसँग सहभागी भएको जनाइएको छ ।

यस पवित्र कार्यक्रममा विदेशी आगन्तुकसहित ३० हजारभन्दा बढी मानिस उपस्थित भएको तथा प्रार्थनाको अध्यक्षता भुटानका प्रमुख मठाधीश महामहिम जे खेनपोले गरेको , विदेश मन्त्रालयले एक्सको एक पोस्टमा जनाएको छ ।

भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु–दोस्रो जलविद्युत परियोजनाको संयुक्त उद्घाटन–भारत–भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ । भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यहरूमा निहित भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभुत बनाउने जनाइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...

नवलपराँसीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एकजना घाइते

नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...

अगामी पुस १ गतेदेखि बाघ गणना गरिने

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...

विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...

राष्ट्रपतिसमक्ष यी देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ

कैलाली ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए ।  ब...

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending