ओखलढुंगा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले ओखलढुंगा जिल्लामा स्थानीयबासी, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरेका छन्।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पुग्नुभएका डीआईजी कार्कीले जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई, सिद्दीचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूसँग शान्ति सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल गरे ।
अन्तरक्रियाका क्रममा उपस्थित महानुभावहरूसँग उनले जिल्लाको शान्ति–सुरक्षाको अवस्था, प्रहरीप्रतिको अपेक्षा र सुझावहरू सुनेका थिए। उनले नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाएर हातेमालो गर्दै अघि बढेमा शान्तिपूर्ण समाजको परिकल्पना साकार गर्न सकिने विश्वास व्यक्त गरे।
डीआईजी कार्कीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै अपराध अनुसन्धानका क्रममा प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउन सबैमा अनुरोध गरे।
भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन के।सी। लगायतका प्रहरी अधिकृतहरू उपस्थित रहेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ १८ गते, २०८२ - ०८:४२
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...
माघ १८ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...



प्रतिकृया लेख्नुहोस्: