सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका – ३ खोर्लाबेशी मा स्थापना भएको धार्चे आधारभुत अस्पताल उत्तरी गोरखावासीको स्वास्थ्यको नयाँ आशा र बरदान साबित भएको छ । बिगतमा साना स्वास्थ्य चौकीको भरमा उपचार गर्नुपर्ने अवस्थाले स्थानीयहरुलाई निकै कठिनाइ भएको थियो ।
सुत्केरी, बिरामी र दुर्घटनमा परेकाहरुलाई उपचारका लागि घण्टौ पैदल हिँडेर प्रदेश अस्पताल गोरखामा पुग्ने पर्ने बाध्यता रहँदा धेरैले समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको घटना समेत देखिन्थे ।
अब भने धार्चे आधारभूत अस्पताल विगत एक वर्षदेखि सञ्चालनमा आएपछि त्यस्ता समस्या क्रमश: घटिरहेका छन् । अस्पतालमा दक्ष स्वास्थ्यकर्मी, सामान्य शल्यक्रिया, प्रसुति सेवा, प्रयोगशाला, आपतकालीन उपचार, एक्सरे र औषधी वितरण सेवा सञ्चालनले गर्दा उत्तरी गोरखाबासी नागरिकहरुमा ठुलो राहत पुगेको छ ।
‘‘धार्चे गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्दै आएको छ,’’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘‘ग्रामीण क्षेत्रको बासिन्दाका लागि आधारभूत अस्पतालमा चौबिसे घण्टा चिकित्सकसहितको टोलीले सेवा दिएपछि गर्भवती महिलाहरुका लागि नि:शुल्क प्रसुति सेवा र भिडियो एक्सरेका लागि गोरखा, चितवन र काठमाडौँ जानु पर्ने बाध्यता अन्त्य भएको छ ।’’
अहिले पनि उत्तरी गोरखावासी नागरिकहरुको एक मात्र समस्या के हो भने भिडियो एक्सरे गर्न समेत महँगो भाडा तिरेर काठमाडौँबाट हेलिकोप्टर मगाउनु पर्ने बाध्यताले उत्तरी गोरखावासीहरुलाई निराश बनाएको थियो अहिले भने समय र आर्थिक बचत समेत भएको धार्चे गाउँपालिका – ३ खोर्लाबेशीका स्थानीय महिला पूर्ण गुरुङको भनाइ छ ।
‘‘आधारभूत अस्पतालमा स्वास्थ्य सेवा थप विस्तार गर्न लागिपरेको छ,’’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘आगमी वर्षहरुमा अत्यआवश्यक उपकरण र जनशक्ति थप्ने योजना भएकाले स्वास्थ्य, शिक्षा, सरसफाई र रोग नियन्त्रणसमबन्धी जनचेतना कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भइरहेको उनले बताए।’’
स्थानीय युवा सुनबहादुर गुरुङका अनुसार अस्पताल स्थापना भएदेखि धार्चे लगायतका चुमनुबी गाउँपालिकाका केहि स्थानीयलाई समेत यस अस्पतालले निकै राहत दिएको छ । विशेष गरी उत्तरी गोरखाका गरिब, ज्येष्ठ नागरिक, महिला र बालबालिकाहरुले स्वास्थ्य सेवा सहजै प्राप्त गर्न थालेका छन् ।
धार्चे आधारभूत अस्पताल केबल उपचार केन्द्र मात्र नभई उत्तरी गोरखावासीको जीवनमा आशाको किरण बनेको छ । यसले स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्दै ग्रामीण विकासको नयाँ अध्याय लेख्न सफल भएको छ ।
उत्तरी गोरखावासी नागरिकहरुको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रंशसा गर्दै आधारभूत अस्पतालका ४ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सम्मान गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: