सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका – ३ खोर्लाबेशी मा स्थापना भएको धार्चे आधारभुत अस्पताल उत्तरी गोरखावासीको स्वास्थ्यको नयाँ आशा र बरदान साबित भएको छ । बिगतमा साना स्वास्थ्य चौकीको भरमा उपचार गर्नुपर्ने अवस्थाले स्थानीयहरुलाई निकै कठिनाइ भएको थियो ।
सुत्केरी, बिरामी र दुर्घटनमा परेकाहरुलाई उपचारका लागि घण्टौ पैदल हिँडेर प्रदेश अस्पताल गोरखामा पुग्ने पर्ने बाध्यता रहँदा धेरैले समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको घटना समेत देखिन्थे ।
अब भने धार्चे आधारभूत अस्पताल विगत एक वर्षदेखि सञ्चालनमा आएपछि त्यस्ता समस्या क्रमश: घटिरहेका छन् । अस्पतालमा दक्ष स्वास्थ्यकर्मी, सामान्य शल्यक्रिया, प्रसुति सेवा, प्रयोगशाला, आपतकालीन उपचार, एक्सरे र औषधी वितरण सेवा सञ्चालनले गर्दा उत्तरी गोरखाबासी नागरिकहरुमा ठुलो राहत पुगेको छ ।
‘‘धार्चे गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्दै आएको छ,’’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘‘ग्रामीण क्षेत्रको बासिन्दाका लागि आधारभूत अस्पतालमा चौबिसे घण्टा चिकित्सकसहितको टोलीले सेवा दिएपछि गर्भवती महिलाहरुका लागि नि:शुल्क प्रसुति सेवा र भिडियो एक्सरेका लागि गोरखा, चितवन र काठमाडौँ जानु पर्ने बाध्यता अन्त्य भएको छ ।’’
अहिले पनि उत्तरी गोरखावासी नागरिकहरुको एक मात्र समस्या के हो भने भिडियो एक्सरे गर्न समेत महँगो भाडा तिरेर काठमाडौँबाट हेलिकोप्टर मगाउनु पर्ने बाध्यताले उत्तरी गोरखावासीहरुलाई निराश बनाएको थियो अहिले भने समय र आर्थिक बचत समेत भएको धार्चे गाउँपालिका – ३ खोर्लाबेशीका स्थानीय महिला पूर्ण गुरुङको भनाइ छ ।
‘‘आधारभूत अस्पतालमा स्वास्थ्य सेवा थप विस्तार गर्न लागिपरेको छ,’’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘आगमी वर्षहरुमा अत्यआवश्यक उपकरण र जनशक्ति थप्ने योजना भएकाले स्वास्थ्य, शिक्षा, सरसफाई र रोग नियन्त्रणसमबन्धी जनचेतना कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भइरहेको उनले बताए।’’
स्थानीय युवा सुनबहादुर गुरुङका अनुसार अस्पताल स्थापना भएदेखि धार्चे लगायतका चुमनुबी गाउँपालिकाका केहि स्थानीयलाई समेत यस अस्पतालले निकै राहत दिएको छ । विशेष गरी उत्तरी गोरखाका गरिब, ज्येष्ठ नागरिक, महिला र बालबालिकाहरुले स्वास्थ्य सेवा सहजै प्राप्त गर्न थालेका छन् ।
धार्चे आधारभूत अस्पताल केबल उपचार केन्द्र मात्र नभई उत्तरी गोरखावासीको जीवनमा आशाको किरण बनेको छ । यसले स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्दै ग्रामीण विकासको नयाँ अध्याय लेख्न सफल भएको छ ।
उत्तरी गोरखावासी नागरिकहरुको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रंशसा गर्दै आधारभूत अस्पतालका ४ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले सम्मान गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: