काठमाडौं । अबदेखि राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएको छ।
निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, बुधबार रातभर प्राविधिक तयारी र परीक्षण कार्य सम्पन्न गरी बिहीबारदेखि प्रणाली सञ्चालनमा ल्याइएको हो।
उनका अनुसार, यो प्रणालीले राष्ट्रिय परिचयपत्र नम्बर भएका तर स्वयं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताका लागि सहजता ल्याउनेछ।
आयोगले आगामी ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ। दर्ता अवधि सकिन लागेसँगै नयाँ मतदाता थपिने दर पनि तीव्र बनेको आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्रमार्फत दर्ता प्रक्रिया सुरु भएपछि बाँकी दिनमा मतदाता नामावली अद्यावधिक कार्य अझ गतिशील हुने आयोगका अधिकारीहरूको अनुमान छ।
यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्। छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहित आयोगका अन्य अधिकारीहरू सहभागी थिए।
उक्त छलफलमा आयोगले बिहीबारदेखि नै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावली अद्यावधिक गर्ने योजना कार्यान्वयनमा ल्याइने जानकारी गराएको थियो।
छलफलमा सहभागी राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले परिचयपत्र वितरणका क्रममा संकलन गरिएका जैविक विवरणनिर्वाचन आयोगलाई उपलब्ध गराउन विभाग तयार रहेको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: