काठमाडौं । अबदेखि राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएको छ।
निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, बुधबार रातभर प्राविधिक तयारी र परीक्षण कार्य सम्पन्न गरी बिहीबारदेखि प्रणाली सञ्चालनमा ल्याइएको हो।
उनका अनुसार, यो प्रणालीले राष्ट्रिय परिचयपत्र नम्बर भएका तर स्वयं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताका लागि सहजता ल्याउनेछ।
आयोगले आगामी ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ। दर्ता अवधि सकिन लागेसँगै नयाँ मतदाता थपिने दर पनि तीव्र बनेको आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्रमार्फत दर्ता प्रक्रिया सुरु भएपछि बाँकी दिनमा मतदाता नामावली अद्यावधिक कार्य अझ गतिशील हुने आयोगका अधिकारीहरूको अनुमान छ।
यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्। छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहित आयोगका अन्य अधिकारीहरू सहभागी थिए।
उक्त छलफलमा आयोगले बिहीबारदेखि नै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावली अद्यावधिक गर्ने योजना कार्यान्वयनमा ल्याइने जानकारी गराएको थियो।
छलफलमा सहभागी राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले परिचयपत्र वितरणका क्रममा संकलन गरिएका जैविक विवरणनिर्वाचन आयोगलाई उपलब्ध गराउन विभाग तयार रहेको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: