ढाका । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ (मङ्सिर १ गते) मा सुनाउने भएका छन्।
मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकार सम्मेलनमार्फत अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको जानकारी दिए।
७८ वर्षीया हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दमन गर्न आदेश दिई घातक हिंसा गर्ने निर्देशन दिएको आरोप छ। उनले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गरेको बताइएको छ।
अभियोजक इस्लामले भने, “कानुनअनुसार न्याय हुनेछ। हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौं, अदालतले १७ नोभेम्बरमा फैसला सुनाउने छ,” भने।
गत जुन १ देखि अनुपस्थित अवस्थामा सुरु गरिएको मुद्दामा अदालतले हसिनामाथि सामूहिक हत्या गर्ने आदेश दिएको आरोपमा विस्तृत बयान र गवाही सुनेको थियो।
संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म उनी सत्तामा रहँदा भएको विद्रोहका क्रममा करिब १,४०० जनाको ज्यान गएको थियो। अभियोजन पक्षले हत्या रोक्न असफल हुनु, सामूहिक हिंसामा संलग्नता र मानवता विरुद्धका अपराधलगायत पाँचवटा मुख्य आरोप दर्ता गरेको छ।
यदि दोषी ठहर भइन् भने हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ। इस्लामले थपे, “हामीलाई विश्वास छ, अदालतले विवेकपूर्ण निर्णय गर्नेछ। यो फैसला मानवता विरुद्धका अपराध अन्त्यतर्फको ऐतिहासिक कदम हुनेछ।”
पूर्वप्रधानमन्त्री हसिनाले भने सबै आरोप अस्वीकार गर्दै मुद्दालाई “राजनीतिक प्रतिशोधको नाटक” र “न्यायको अपमान” को संज्ञा दिएको छन्।
उनका सह–अभियुक्तमा पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल–मामुन रहेका छन्। कमल हाल फरार छन् भने मामुन हिरासतमा रहँदै दोषी ठहर भइसकेका छन्।
फेब्रुअरीमा तय भएको आमनिर्वाचन नजिकिँदै जाँदा बङ्गलादेशमा राजनीतिक तनाव तीव्र बनेको छ। हसिनाको प्रतिबन्धित अवामी लिग पार्टीले बिहीबार देशव्यापी ‘लकडाउन’ को आह्वान गरेको छ। यसबीच अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ, जसअन्तर्गत बख्तरबन्द सवारीसाधन र चेकपोइन्टहरू स्थापना गरिएको छ।
त्यसैगरी, अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसको सरकारसँग सम्बन्धित भवन, बस र इसाई धार्मिक स्थलमा कच्चा बम र पेट्रोल बम प्रहार हुने घटना बढेका छन्। नोभेम्बर ११ मा पार्क गरिएको बसमा आगजनी हुँदा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
यी घटनाक्रमबीच बङ्गलादेशको विदेश मन्त्रालयले बुधबार ढाकास्थित भारतका राजदूतलाई बोलाई भारतले हसिनालाई पत्रकारसँग संवाद गर्न नदिन आग्रह गरेको जनाएको छ।
बङ्गलादेशको सरकारी समाचार एजेन्सी बिएसएसका अनुसार विदेश मन्त्रालयले भन्यो, “यस्तो कुख्यात भगौडालाई शरण दिनु र उहाँलाई घृणा फैलाउने मञ्च प्रदान गर्नु दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका लागि असहज कार्य हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: