Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

युट्युवबाट सिकेको सीपले बदल्यो महराको जीवन

खबरडबली संवाददाता

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि विकल्प खोजिरहेको बेला एक दिन साथीले काष्ठकलाका सामान बनाउने भिडिओ मेसेन्जरमा पठाइदिए ।

“इन्टरनेटमा भिडिओ हेरेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा जाग्यो र यसमै लागेँ,” महरा भन्छन्, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । घर खर्च चलाउनै गाह्रो हुन्थ्यो । अहिले मजदुरीभन्दा यो पेशामा फाइदा छ ।”

२ वर्षदेखि उनी विजयसाल र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनलगायत सामग्री बनाउँदै आएका छन् । उनका उत्पादन ५ सयदेखि २ हजारसम्ममा बिक्री हुन्छन् । युट्युवकै सहयोगले अहिले काठका भाँडाकुँडा तयार पार्ने भइसकेका छन् भक्तबहादुर ।

“अहिले मासिक ४० हजारभन्दा बढी आम्दानी हुन्छ । पहिला महिनौँसम्म खाली बस्नुपर्थ्यो । यति राम्रो कमाइ होला भन्ने मैले सोचेको पनि थिइनँ”, उनले सुनाए ।

उनले बनाएका सामान किन्न अहिले ग्राहक घरमै पुग्छन् । महरा भन्छन्, “माग धेरै आउँछ, मागअनुसार उत्पादन गर्न सकेको छैन । एक्लै काम गर्छु । यहाँका सामुदायिक वनले ‘राम्रो काम गरेको छौ’ भनेर कच्चा पदार्थ उपलब्ध गराउँछन् ।”

सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै लाभ पाउन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् महरा ।  “यसमा यति राम्रो आम्दानी होला भन्ने कल्पना नै गरेको थिइनँ । अहिले सन्तुष्ट छु, राम्रै कमाइ हुँदैछ”, उनी भन्छन् ।

लगनशील भएर सीपको सदुपयोग गर्न सके आफ्नै गाउँठाउँमा मनग्य कमाउन सकिने अनुभव सुनाउँछन् भक्तबहादुर । -रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending