जनकपुरधाम। मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेको छिन्।
बिहीबार सभामुख रामचन्द्र मण्डलेले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेको थिए।
उता उपसभामुख ईशरद्वारा विज्ञप्तिमा सभामुखले गरेको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको उल्लेख छ । साथै कारबाहीमा परेका पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रष्ट पारेको छिन् ।
उपसभामुख ईशरद्वारा जारी विज्ञप्तिमा ‘‘मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते पाँच जना प्रदेश सभा सदस्यहरुको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफुमाथि यही कात्तिक २७ गते बिहिबार प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सो को उपनियम ३ बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरुप आवेगमा गरेको निर्णय हो ।’’ भनिएको छ ।

पत्रमा मधेश प्रदेशसभाको पछिल्लो पटक मिति २०८२/७/२२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण प्रदेशसभा सदस्य उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकाले सो पद रिक्तसम्बन्धी सूचना बदर गरिएको उल्लेख गरिएको छ ।

यस अधि मधेश प्रदेशसभा सचिवालयले पद रिक्तको जानकारी सम्बन्धमा सूचना जारी गरी मधेश प्रदेशको पाँच जना प्रदेशसभा सदस्यका पदमुक्त भएको सूचना जारी गरेको थियो । उक्त सूचनामा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह, जसपा नेपालका सप्तरीका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य सन्जय कुमार यादव, पर्साका प्रदेशसभा सदस्य सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार पद मुक्त भएको सूचना जारी गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...
बैशाख २७ गते, २०८३ - १४:३०
कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...
बैशाख २७ गते, २०८३ - १४:१९
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...
बैशाख २७ गते, २०८३ - १४:१४
काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...
बैशाख २७ गते, २०८३ - १३:५९
पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...
बैशाख २७ गते, २०८३ - १३:४८
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...
बैशाख २७ गते, २०८३ - १३:४१
काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...


प्रतिकृया लेख्नुहोस्: