काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति सम्बन्धी उत्पन्न विवाद मिलाउन कार्यसम्पादन समिति बैठक बोलाइएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति ९केकेस० बैठक रोक्दै कार्यसम्पादन समिति बैठक आह्वान गरेका हुन्।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठक आज दिउँसो १ बजे ललितपुरको धोबिधाटमा बस्दैछ। उनका अनुसार बैठकको मुख्य एजेन्डा महाधिवेशन विवाद समाधानका उपाय खोज्ने नै हो।
पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्गो निकाल्न गत असोज २८ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ। तर महासचिव गगन थापाद्वारा पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव र सहमहामन्त्री महेन्द्र यादवद्वारा बैशाख २७–३० गते गर्ने प्रतिप्रस्ताव प्रस्तुत भएपछि बैठकमा दुई धार उत्पन्न भएको छ।
थापाको कार्यतालिकालाई इतर समूहले समर्थन गरेको छ भने यादवको प्रस्तावलाई संस्थापन समूहका नेताहरूले साथ दिएपछि सहमति बन्न नसकेको बैठकमा सहभागीहरूले बताएका छन्। बिहीबारसम्म पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आफ्ना–आफ्ना धारणा राखिसके पनि मिति टुंगोमा भने एकमत बन्न सकेको छैन।
यसबीच, विवाद समाधानका लागि केकेस बैठक शनिबारसम्म स्थगित गरेर शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
यता महासचिव थापाले बिहीबारको बैठकमा विशेष महाधिवेशनका लागि मंसिर २७ गते मिति प्रस्ताव गरेका छन्। विशेष महाधिवेशनको मागसहित २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: