Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, महाधिवेशन विवाद समाधान मुख्य एजेन्डा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति सम्बन्धी उत्पन्न विवाद मिलाउन कार्यसम्पादन समिति बैठक बोलाइएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति ९केकेस० बैठक रोक्दै कार्यसम्पादन समिति बैठक आह्वान गरेका हुन्।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठक आज दिउँसो १ बजे ललितपुरको धोबिधाटमा बस्दैछ। उनका अनुसार बैठकको मुख्य एजेन्डा महाधिवेशन विवाद समाधानका उपाय खोज्ने नै हो।

पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्गो निकाल्न गत असोज २८ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ। तर महासचिव गगन थापाद्वारा पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव र सहमहामन्त्री महेन्द्र यादवद्वारा बैशाख २७–३० गते गर्ने प्रतिप्रस्ताव प्रस्तुत भएपछि बैठकमा दुई धार उत्पन्न भएको छ।

थापाको कार्यतालिकालाई इतर समूहले समर्थन गरेको छ भने यादवको प्रस्तावलाई संस्थापन समूहका नेताहरूले साथ दिएपछि सहमति बन्न नसकेको बैठकमा सहभागीहरूले बताएका छन्। बिहीबारसम्म पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आफ्ना–आफ्ना धारणा राखिसके पनि मिति टुंगोमा भने एकमत बन्न सकेको छैन।

यसबीच, विवाद समाधानका लागि केकेस बैठक शनिबारसम्म स्थगित गरेर शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

यता महासचिव थापाले बिहीबारको बैठकमा विशेष महाधिवेशनका लागि मंसिर २७ गते मिति प्रस्ताव गरेका छन्। विशेष महाधिवेशनको मागसहित २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending