काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले आगामी निर्वाचनभन्दा अघि नै १५औँ महाधिवेशन सुरु गर्न माग गरेका छन्। उनीहरूले मंसिरभित्र महाधिवेशन प्रक्रियाको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष मागपत्र बुझाएका छन्।
१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरूले पार्टीलाई विधानबमोजिम अघि बढाउन महाधिवेशनको कार्यतालिका तत्काल लागू गर्नुपर्ने बताएका छन्।
मागपत्र बुझाउनेहरूमा केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा। डिला संग्रौला, उदय शमशेर राणा र नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि मागपत्रमा हस्ताक्षर गरेका छन्।
मागपत्रमा नेता नारायणबहादुर कार्कीको नामसमेत समावेश छ, जसको नाम पछाडि ‘मौखिक सहमति’ उल्लेख गरिएको छ।
मागपत्रमा भनिएको छ, ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउने उद्देश्यले विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएर लागू गरियोस्।’
उनीहरूले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणका लागि स्पष्ट समयसीमा निर्धारण गरी सदस्यता टुंग्याउनुपर्ने माग गरेका छन्।
युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्ने, आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने, तथा पार्टीका सबै तहमा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा वर्ग तथा अपांगता भएका समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको छ।
त्यसैगरी आगामी तीन तहका निर्वाचनमा समानुपातिक समावेशिताका सिद्धान्तअनुसार युवालाई प्राथमिकतामा राखी उम्मेदवार बनाउनुपर्ने माग पनि समावेश छ।
सातौँ बुँदामा संविधान संशोधनका विषयमा वडादेखि केन्द्रीय तहसम्म संवाद चलाएर पार्टीको स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: