काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले आगामी निर्वाचनभन्दा अघि नै १५औँ महाधिवेशन सुरु गर्न माग गरेका छन्। उनीहरूले मंसिरभित्र महाधिवेशन प्रक्रियाको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष मागपत्र बुझाएका छन्।
१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरूले पार्टीलाई विधानबमोजिम अघि बढाउन महाधिवेशनको कार्यतालिका तत्काल लागू गर्नुपर्ने बताएका छन्।
मागपत्र बुझाउनेहरूमा केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा। डिला संग्रौला, उदय शमशेर राणा र नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि मागपत्रमा हस्ताक्षर गरेका छन्।
मागपत्रमा नेता नारायणबहादुर कार्कीको नामसमेत समावेश छ, जसको नाम पछाडि ‘मौखिक सहमति’ उल्लेख गरिएको छ।
मागपत्रमा भनिएको छ, ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउने उद्देश्यले विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएर लागू गरियोस्।’
उनीहरूले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणका लागि स्पष्ट समयसीमा निर्धारण गरी सदस्यता टुंग्याउनुपर्ने माग गरेका छन्।
युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्ने, आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने, तथा पार्टीका सबै तहमा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा वर्ग तथा अपांगता भएका समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको छ।
त्यसैगरी आगामी तीन तहका निर्वाचनमा समानुपातिक समावेशिताका सिद्धान्तअनुसार युवालाई प्राथमिकतामा राखी उम्मेदवार बनाउनुपर्ने माग पनि समावेश छ।
सातौँ बुँदामा संविधान संशोधनका विषयमा वडादेखि केन्द्रीय तहसम्म संवाद चलाएर पार्टीको स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: