Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सुनसरीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड

खबरडबली संवाददाता

इनरुवा। सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखी सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौं सयदेखि १२ सयको संख्यामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यका लागि आउने गरेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिए। 

उनका अनुसार गत असोज १० देखि कार्तिक ३० गतेसम्मका लागि नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएले पच्छिलो समय फोटो खिचाउन आउनेहरुको भिड अत्याधिक बढेको छ । सुरुमा कमै सेवाग्राही आउने गरेकोमा एउटा काउण्टरबाट फोटो खिच्दै आएकोमा अहिले पाँच वटा काउण्टरबाट फोटो खिच्ने काम भईरहेको कार्यालयले जनाएको छ । 

सरकारले अगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको र त्यसका लागि नयाँ मतदाता नामावली दर्ताको कार्य सुरु गरेकाले नयाँ युवा र छुट भएका तथा विदेशबाट फर्किएकाहरुले धमाधम फोटो खिचाउन आएकाले भिड बढेको हो । नयाँ दर्ता एवं अद्यावधिक कार्य दैनिक अहिले ९२० देखी एक हजार २३० जनासम्म आउने गरेको र विहीबारसम्ममा सात हजार ५३ जना मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ती मतदाता थपिएका आचार्यले जानकारी दिए।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत अन्तिम चरणमा पुगेको आचार्यले जनाकारी दिए। उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन कार्यालयमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उनले बताए। कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिए।

वि।सं २०७९ को निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका मतदाता पाँच लाख ५५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उहाँले बताए। सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढ्दै गएको समेत कार्यालयले जनाएको छ । 

बिहीबार मात्र एक हजार २३० जनाले नाम दर्ता गराएका छन । विगतका निर्वाचनमा त्यति धेरै चासो नदेखाएका नयाँ मतदाता यस पटक आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको पाइएको छ । मतदाता नामावलीमा नाम लेखाउन आवश्यक प्रचारप्रसार पनि कार्यालयले गरिरहेको छ । गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान स्थल १६६ वटा र मतदान केन्द्र ५९१ वटा निर्धारण गरेको थियो । यही संख्यामा अगामि निर्वाचनमा मतदान स्थल र मतादन केन्द रहने अनुमान गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending