काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्ना सम्पत्ति विवरण बुझाएका छन्। अझै तीन मन्त्रीले विवरण बुझाउन बाँकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, हालसम्म प्राप्त विवरण ७ जना मन्त्रीको हो। बाँकी तीनजनाको विवरण प्राप्त हुन भने प्रक्रिया जारी छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। ३० भदौमा पहिलो चरणमा रामेश्वर खनाल – अर्थमन्त्री, कुलमान घिसिङ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री, ओमप्रकाश अर्याल – गृहमन्त्रीमा नियुत्त भएका थिए ।
यीमध्ये गृहमन्त्री अर्याल र अर्थमन्त्री खनालले सम्पत्ति विवरण बुझाएका छन्। तर ऊर्जा मन्त्री घिसिङले अझै बुझाएका छैनन्।
दोस्रो चरणमा ६ असोजमा अनिलकुमार सिन्हा – उद्योग, वाणिज्य, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियार – कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल – सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुत्त भएका थिए । यीमध्ये सञ्चारमन्त्री खरेलले अझै सम्पत्ति विवरण बुझाउन बाँकी छ।
तेस्रो चरणमा ९ कात्तिकमा सुधा शर्मा गौतम – स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्री नियुत्त भएका थिए ।
यसमध्ये खेलकुद मन्त्री गुप्ताले विवरण बुझाएका छन्, स्वास्थ्य मन्त्री गौतमले अझै बाँकी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार सबै विवरण प्राप्त भएपछि सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...
श्रावण २६ गते, २०८३ - १४:००
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १३:३९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...
श्रावण २६ गते, २०८३ - १२:४९
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले ब...
श्रावण २६ गते, २०८३ - १२:२३
काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...
श्रावण २६ गते, २०८३ - १२:१४
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...
श्रावण २६ गते, २०८३ - ११:११
काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...
श्रावण २६ गते, २०८३ - १०:५७
काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...
श्रावण २६ गते, २०८३ - १०:४३
कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...



प्रतिकृया लेख्नुहोस्: