दुबई । नेपालीको बाक्लो बसोबास रहेको बरदुबई क्षेत्रमा माउन्ट एभरेस्ट नेपाली भोजनालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।
अबुधाबीमा एमटी ८८४८ नामले परिचित रहेको यस रेस्टुरेन्टले दुबईमा समेत नेपाली परिकार र सांस्कृतिक पहिचानलाई सुदृढ गर्दै आफ्नो सेवा विस्तार गरेको हो।
उक्त नयाँ शाखा बरदुबईको मीना बजार क्षेत्रको मध्यभागमा अवस्थित छ, जहाँ विविध समुदायको निरन्तर आवतजावत रहने गर्दछ। रेस्टुरेन्टले नेपाली स्वाद, हार्दिक आतिथ्य तथा गुणस्तरीय सेवामार्फत ग्राहक आकर्षित गर्ने विश्वास लिइएको छ।
संस्थापक महेश श्रेष्ठ तथा सोनाम श्रेष्ठका भनाइअनुसार नेपाली खानाको बढ्दो रुचि र मागले नयाँ शाखा विस्तारको मार्ग प्रशस्त भएको हो। विशेषगरी महिला उद्यमीका रूपमा सोनाम श्रेष्ठले देखाएको दृढता, नेतृत्वशक्ति र समर्पणले एमटी ८८४८ लाई विदेशमा स्थापित नेपाली ब्रान्डको रूपमा उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सोनाम एनआरएन युएईको महिला उपाध्यक्षको रूपमा पनि काम गर्छिन् ।
नयाँ शाखामा म:म, दाल–भात, सुकुटी, सेल–रोटी लगायतका परम्परागत नेपाली परिकार आधुनिक वातावरण र परिवारमैत्री सेवासहित उपलब्ध गराइने जनाइएको छ।
बरदुबई शाखा सञ्चालनमा आएपछि एमटी ८८४८ ले मध्यपूर्व क्षेत्रमा नेपाली खानाको स्वाद, मौलिकता तथा सांस्कृतिक पहिचानलाई थप व्यापक बनाउँदै आफ्नो प्रगति यात्रामा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...




प्रतिकृया लेख्नुहोस्: