काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेपछि घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ।
क्यानका सचिव पारस खड्काले भिडियो सन्देशमार्फत उद्घाटन खेलका टिकट पूर्णरूपमा सकिएको जानकारी दिँदै दर्शकभीड व्यवस्थापनमा सहयोग गर्न घरबाटै खेल हेर्न अनुरोध गरेका हुन्। उनका अनुसार, ‘पहिलो दिन चाप बढी हुने भएकाले टिकट नपाउनुभएकालाई घरमै बस्दै खेल हेरेर सहयोग गर्न आग्रह गर्दछौं।’
एनपीएलका टिकट खल्तीमार्फत बिक्री भएका हुन्। क्यानले करिब आठ हजार टिकट मात्र बिक्रीका लागि उपलब्ध गराएको थियो, जबकि करिब दुई हजार टिकट खेलाडीका परिवार, आयोजक तथा प्रायोजकका लागि राखिएको थियो। शुक्रबार टिकट बिक्री खुला गरिएको केही घण्टामै सबै टिकट सकिएका थिए।
उद्घाटन र अन्य दिनका खेलका लागि साधारण टिकट मूल्य पाँच सय रुपैयाँ तोकिएको छ भने प्लेअफ र फाइनलका लागि साधारण टिकट एक हजार रुपैयाँ पर्नेछ। त्यस्तै, उद्घाटन खेल र शनिबारका लागि प्रिमियम टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ छ। अन्य दिन प्रिमियम टिकट एक हजार रुपैयाँ र प्लेअफ तथा फाइनलका लागि दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।
साधारण तथा प्रिमियम दुवै प्रकारका उद्घाटन खेलका टिकट सकिएको क्यान महासचिव खड्काले बताएका छन्। उनले टिकट नपाएका दर्शकलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच सोमबार अपराह्न ४ बजे हुने कार्यक्रम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: