पाकिस्तान। पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ । रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।
एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा छ । त्यस्तै लाहोरको एक्युआई ३९६ र मुल्तानको २५७ दर्ता भएको जनाइएको छ ।
गत वर्ष जाडो सुरु भएपछि पञ्जाबले लगातार वायु प्रदूषण र घना धुवाँको समस्या झेल्दै आएको थियो । धुवाँ नियन्त्रणका लागि अधिकारीहरूले निरन्तर प्रयास गरे तापनि हावाको गुणस्तर खतरनाक स्तरसम्म झर्दै गम्भीर जनस्वास्थ्य चुनौती सिर्जना भएको समाचारमा उल्लेख छ ।
केही दिनसम्म लाहोर पूरै धुवाँ—धुलोको मिश्रणले ढाकिएको थियो । यसमा कम गुणस्तरको डिजेल धुवाँ, चिसो मौसमसँगै झरिरहेको तापक्रम र मौसमी कृषि जलाउने कामले थप योगदान गरेको बताइएको छ । एक अवस्थाको चर्चा गर्दै वायु प्रदूषण लाहोरमा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुचओ० ले तोकेको सुरक्षित स्तरभन्दा ८० गुणा बढी पुगेको पनि जनाइएको छ ।
विषाक्त वायु, बढ्दो स्वास्थ्य जोखिम र कडा प्रदूषणको प्रभावबाट सर्वसाधारणलाई जोगाउन प्रान्तीय सरकारले विद्यालयहरू बन्द गर्नुका साथै भोजनालय, बजार तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूको समयसीमा समेत सीमित गरेको एआरवाई न्युजले उल्लेख गरेको छ ।
यसअघि डन दैनिकले कतिपय अन्य सहरी केन्द्रहरूले पनि एक्युआई ३०० भन्दा माथिको स्तर दर्ता गरेको बताउँदै अधिकारीहरूले बासिन्दाहरूलाई बाहिरी गतिविधि न्यून गर्न, झ्याल–ढोका बन्द राख्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र घरभित्र एयर प्युरिफायर चलाउन आग्रह गरेको उल्लेख गरेको थियो ।
ह्युमन राइट्स वाचले नागरिकहरूलाई सूचित गर्दै एक प्रतिवेदनमा हरियाली क्षेत्रको विनाश, कृषि जग्गामा कन्क्रिट संरचनाहरूको विस्तार, बाली जलाउने प्रचलन र व्यावहारिक सार्वजनिक यातायात प्रणालीको अभावले लाहोरमा वायु प्रदूषण वर्षौंदेखि झनै बिग्रँदै गएको बताएको छ ।
यातायात, ताप प्रयोजनका इन्धन, फोहोर जलाउने प्रथा, बिजुली उत्पादन तथा अन्य औद्योगिक गतिविधिहरूमा जीवाश्म इन्धनको अत्यधिक प्रयोग नै वायु प्रदूषणको वृद्धि भएको प्रमुख कारण रहँदै आएको प्रतिवेदनमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: