काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारपछि देश फर्के लगत्तै नेताहरूसँग सक्रिय राजनीतिक छलफलमा उत्रिएका छन्। शुक्रबार राति सिंगापुरबाट फर्किएका देउवाले शनिबार पार्टीका संस्थापन पक्षका चार नेतासँग सामूहिक भेटवार्ता गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचाररत रहेका देउवा हाल चुनदेवीस्थित भाडाको निवासमा बस्दै आएका छन्। त्यही निवासमा शनिबार साँझ कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महत, नेता एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की देउवालाई भेट्न पुगेका थिए।
दुई घण्टा भन्दा बढी चलेको छलफलमा देउवाले पार्टीभित्र बढ्दो विवादबारे जानकारी लिँदै आगामी चुनावको तयारीमा ध्यान केन्द्रित गर्न नेताहरूलाई सुझाव दिएका प्रवक्ता महतले बताए। उनका अनुसार देउवाले चुनावपछि महाधिवेशन गर्न सकिने संकेत पनि गरेका छन्।
नेपाली कांग्रेसभित्र हाल महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा दुई मत देखिएका छन्। संस्थापन पक्षका धेरैजसो शीर्ष नेता चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्।
उता संस्थापनइतर समूहका नेता डा। शेखर कोइराला भने चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिइरहेका छन्। संस्थापन पक्षभित्रै पनि पूर्ण एकमत नरहेको देखिएको छ। पार्टीका २४ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्।
सभापति देउवाले निकट भविष्यमा पूर्वपदाधिकारी तथा ज्ञापन बुझाउने २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: