Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रतिनिधिसभा निर्वाचन- मनोनयनपत्रसँगै उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

खबरडबली संवाददाता

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरेको छ ।

आयोगले रायसुझावका लागि आज सार्वजनिक गरेको निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदाको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणमा राजनीतिक दल र उम्मेदवारले निर्वाचनासम्बन्धी खर्च गर्दा बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सो खाताबाट गर्नुपर्ने, खर्च गर्दा उम्मेदवारले खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने, रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई खातामा जम्मा गर्नुपर्ने प्रस्ताव गरिएको छ । 

आयोगले निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा (हद) निर्धारण गर्नेछ । प्रस्तावित आचारसंहितामा दुष्प्रचार, मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति दिन नहुने, स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैको सहयोग हुनुपर्ने, निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीलगायत सम्बद्ध निकाय, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र पत्रकार सबैलाई लागू हुने व्यवस्था गरिएको छ । 

उक्त मस्यौदामाथि आगामी मङ्सिर ७ गतेभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्था, आम नागरिक एवं सरोकारवालालाई आयोगले आज आग्रह गरेको छ । आयोगले आजै सो निर्वाचनका लागि निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending