Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

नेकपासँगको छलफलपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

खबरडबली संवाददाता

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आज दिउँसो २ बजेका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ग्वार्कोमा बस्ने जनाइएको छ। यसको जानकारी सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रश्रेष्ठले दिए।

श्रेष्ठका अनुसार बैठकमा पार्टी एकतासम्बन्धी नेकपा लगायत दलहरूसँग भइरहेका संवाद, आगामी फागुन २१ गतेको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता, तथा अन्य समसामयिक निर्णयहरूबारे विस्तृत रूपमा छलफल हुनेछ।
उनका अनुसार, 'बैठकको मुख्य एजेन्डा पार्टी एकता, दल दर्ता तथा आगामी राजनीतिक परिस्थितिबारे निर्णय लिन' हुनेछू।

यसबिच, शनिबार मात्र जसपाले नेकपासँग पार्टी एकताबारे औपचारिक छलफल गरेको थियो। त्यसैले बैठकलाई एकता प्रक्रियासम्बन्धी महत्वपूर्ण निर्णय आउने सम्भावनाका रूपमा हेरिएको छ।

जसपा नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपा विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन छ। उता सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरेर दर्ता गरिएको जनस्वराज दललाई सर्वोच्चले खारेज गरेपछि जसपामा थप राजनीतिक जटिलता सिर्जना भएको छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि मङ्सिर ५ गतेसम्म दल दर्ता प्रक्रियालाई खुकुलो बनाएको छ। सर्वोच्चको आदेश पर्खने कि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा तत्काल निवेदन दिने भन्ने विषयमा बैठकले अन्तिम निर्णय गर्ने पार्टी स्रोतले जनाएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरी उपाध्यक्ष दीपक साहले निर्वाचन आयोगमा दर्ता गराएको जनस्वराज दल सर्वोच्चले खारेज गरेपछि जसपा अप्ठ्यारोमा परेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending