काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। उनले भड्काउपूर्ण तथा द्वेषपूर्ण अभिव्यक्तिमाथि सरकारले शून्य सहनशीलता अपनाउने स्पष्ट गरिन्।
प्रधानमन्त्री कार्कीले सोमबार नागरिक समाजका नेताहरूसँग छलफल गरेका क्रममा निर्वाचन सुरक्षासम्बन्धी सरकारका तयारीबारे जानकारी दिएकी थिइन्।
उनले भनिन्, “निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो-कोहीलाई सम्बन्धित सक्षम निकायले तत्काल र सार्वजनिक कारबाही गर्नेछ।”
उनका अनुसार शान्तिपूर्ण मतदान सुनिश्चित गर्न हटस्पट नक्सांकन र गुप्तचर सक्रियता बढाइएको छ।“यसमा नागरिक पक्षबाट खबरदारी झनै आवश्यक छ,” उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भड्काउने अभिव्यक्ति कसले दिएका छन् भन्नेबारे भने खुलाएनन्।
फागुन २१ मा प्रतिनिधि सभा चुनाव
आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको चुनाव घोषणा भइसकेको छ।
यो निर्वाचन मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्राका लागि अत्यन्त निर्णायक हुने प्रधानमन्त्री कार्कीको भनाइ छ।
उनले भनिन्, “यदि हामी यसपटक असफल हुन्छौं भने, देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा धकेलिनेछ।”
प्रधानमन्त्री कार्कीले नागरिक समाजलाई “तेस्रो शक्ति”का रूपमा सरकार र राजनीतिक दलबीच विश्वास निर्माण गर्न तथा आम नागरिकलाई मतदानमा सहभागी गराउन संयमित र सक्रिय भूमिका खेल्न आह्वान गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...
मंसिर २२ गते, २०८२ - ११:२३
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्...
मंसिर २२ गते, २०८२ - ११:०९
काठमाडौँ। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ ...
मंसिर २२ गते, २०८२ - ११:०३
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । शनिबार बैतडी सदरमुकाममा सम्प...
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...
मंसिर २२ गते, २०८२ - १०:१८
बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्र...
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...




प्रतिकृया लेख्नुहोस्: