Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी पाँच वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो ।

ह्युन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, “लगानीको ठूलो हिस्सा उच्च स्तरीय एआई प्रविधि आधारित नयाँ व्यवसायहरूमा केन्द्रित हुनेछ, जसले कोरियाको एआई र रोबोटिक्स नवप्रवर्तन प्रणालीको विकासमा योगदान पु¥याउनेछ ।”

योजना अनुसार, समूहले ‘द्रुतगतिमा परिवर्तन हुँदै गरेको विश्वव्यापी व्यापार वातावरणमा सक्रिय रूपमा प्रतिक्रिया जनाउने क्षमताको’ झलक देखाएको छ ।

कम्पनीका अनुसार कुल लगानीको करिब ४० प्रतिशत एआई, सफ्टवेयर–डिफाइन्ड वाहन (एसडीभी), विद्युतीकरण, रोबोटिक्स र हाइड्रोजन क्षेत्रमा खर्च हुनेछ । ह्युन्डाइको यस लगानीले दक्षिण कोरियामा निर्मित गाडीहरूको निर्यात १३ प्रतिशत बढाएर सन् २०३० सम्म २.४७ लाख एकाइ पु¥याउन मद्दत गर्नेछ । यस घोषणा अघि, अर्को ठूलो समूह स्यामसंगले पनि समान अवधिमा प्रायः एआई प्रविधिमा ४३१० अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।

स्यामसंग इलेक्ट्रोनिक्स विश्वका प्रमुख मेमोरी–चिप निर्मातामध्ये एक हो, जसले एआई उद्योग र यसको पूर्वाधारका लागि महत्वपूर्ण सामग्री प्रदान गर्दछ । ह्युन्डाइ मोटर ग्रुपमा कियासमेत पर्दछ, र यसले गत वर्ष दक्षिण कोरिया र विदेशमा कुल ७.२ मिलियनभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।

यी लगानी प्रतिबद्धताहरू सियोल र वाशिङटनबीचको नयाँ व्यापार सम्झौतासँग सम्बन्धित छन्, जसअन्तर्गत ह्युन्डाइ गाडीहरू लगायत दक्षिण कोरियाली निर्यातमा कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ ।

तर, यो नयाँ दर पहिलेको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत लागू भएको २.५ प्रतिशत भन्दा अझै उच्च छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending