Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी पाँच वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो ।

ह्युन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, “लगानीको ठूलो हिस्सा उच्च स्तरीय एआई प्रविधि आधारित नयाँ व्यवसायहरूमा केन्द्रित हुनेछ, जसले कोरियाको एआई र रोबोटिक्स नवप्रवर्तन प्रणालीको विकासमा योगदान पु¥याउनेछ ।”

योजना अनुसार, समूहले ‘द्रुतगतिमा परिवर्तन हुँदै गरेको विश्वव्यापी व्यापार वातावरणमा सक्रिय रूपमा प्रतिक्रिया जनाउने क्षमताको’ झलक देखाएको छ ।

कम्पनीका अनुसार कुल लगानीको करिब ४० प्रतिशत एआई, सफ्टवेयर–डिफाइन्ड वाहन (एसडीभी), विद्युतीकरण, रोबोटिक्स र हाइड्रोजन क्षेत्रमा खर्च हुनेछ । ह्युन्डाइको यस लगानीले दक्षिण कोरियामा निर्मित गाडीहरूको निर्यात १३ प्रतिशत बढाएर सन् २०३० सम्म २.४७ लाख एकाइ पु¥याउन मद्दत गर्नेछ । यस घोषणा अघि, अर्को ठूलो समूह स्यामसंगले पनि समान अवधिमा प्रायः एआई प्रविधिमा ४३१० अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।

स्यामसंग इलेक्ट्रोनिक्स विश्वका प्रमुख मेमोरी–चिप निर्मातामध्ये एक हो, जसले एआई उद्योग र यसको पूर्वाधारका लागि महत्वपूर्ण सामग्री प्रदान गर्दछ । ह्युन्डाइ मोटर ग्रुपमा कियासमेत पर्दछ, र यसले गत वर्ष दक्षिण कोरिया र विदेशमा कुल ७.२ मिलियनभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।

यी लगानी प्रतिबद्धताहरू सियोल र वाशिङटनबीचको नयाँ व्यापार सम्झौतासँग सम्बन्धित छन्, जसअन्तर्गत ह्युन्डाइ गाडीहरू लगायत दक्षिण कोरियाली निर्यातमा कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ ।

तर, यो नयाँ दर पहिलेको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत लागू भएको २.५ प्रतिशत भन्दा अझै उच्च छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: