काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा निर्वाचन घोषणा भएयता पाँच हजार मतदाता थपिएका छन् । सदरमुकाम धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा पछिल्लो हप्ताादेखि मतदाता नामावलीमा नाम दर्ता गर्न फोटो खिचाउने घुइँचो लागिरहेको छ ।
यसअघि तोकिएको कात्तिक ३० गतेसम्मको समयावधिमा भने जिल्लामा करिब पाँच हजार नागरिकले मतदाता सूचीमा नाम समावेश गरेका हुन् । कार्यालयले निर्वाचन घोषणा भएपछि यसअघि तोकिएको समयसम्ममा करिब पाँच हजार मतदाताले फोटो खिचाएको जनाएको छ । मतदाता सूचीमा नाम दर्ता गर्न फोटो खिचाउनेहरुको घुइँचो बढेसँगै निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्मलाई समयावधि थप गरेको छ ।
कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार गत कात्तिक ३० गत एकै दिन २६४ जनाले मतदातामा सूचीकृत लागि फोटो खिचाएका छन् । त्यस्तै शनिबार बिदाको दिनमा समेत कार्यालयले सेवा प्रदान गर्दा १७ जनाले फोटो खिचाएको मानन्धरले बताए ।
पछिल्ला केही दिनदेखि दैनिक बिहान ८ः ०० देखि साँझ ६ः ०० बजेसम्म सेवा प्रदान गरिरहेको कार्यालयले गत शुक्रबार ३७९ को फोटो खिचाएको मानन्धरले जानकारी दिए । पछिल्लो १० दिनको अवधिमा मात्रै दुई हजार ७९८ जनाले फोटो खिचाएको कार्यालयले जनाएको छ ।
असोज १० देखि कात्तिक २० गतेसम्म दुई हजार १०९ जनाले फोटो खिचाएका थिए । यसैबिच जिल्लास्तरीय निर्वाचन समितिले कात्तिक तेस्रो साता नै निर्वाचनको तयारीस्वरुप मतदानस्थल र मतदान केन्द्रको फेरबदलका लागि सिफारिस गरिसेकको छ । गत कात्तिक १७ गतेसम्म काभ्रेपलाञ्चोकमा तीन लाख १३ हजार ३५० मतदाता कायम भएका थिए । गत कात्तिक १७ देखि ३० सम्म भने तीन हजार ५०० मतदाता थपिएका हुन् ।
जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र, चार प्रदेशसभा निर्वाचन क्षेत्र, १३ स्थानीय तहमध्ये छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडामा गत निर्वाचनमा १९० मतदानस्थल र ३८९ मतदान केन्द्र रहेका थिए । जिल्लामा हाल तीन लाख ७५ हजार २२१ जनसङ्ख्या रहेको छ ।
निर्वाचन आयोगको निर्णयानुसार मतदाता नामावलीलगायत मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोकेबमोजिम वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस तथा अन्य कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले बताए ।
उनका अनुसार कार्यविधिले तोकेको मापदण्डअनुरुप खानीखोला गाउँपालिका–७, भुम्लु गापा–५, चौँरीदेउराली गापा–७, तेमाल गापा–१, बनेपा नपा–१३, धुलिखेल नपाको २ र ५, नमोबुद्ध नपाको २ र ७ तथा पाँचखाल नपाको ५ र ९ का लागि तोकिएका अनुसूची भरी मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिमा पठाउने सर्वसम्मत निर्णय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: